पर्यटनमन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटना

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेष्टी हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । ए.एम.आई अल्फा माइक इन्डिया कल साइनको हेलिकप्टर दुर्घटनामा परेको हो ।

गृहसचिव प्रेमकुमार राईले मन्त्री चढेको हेलिकप्टर दुर्घटना भएको पुष्टी गरेका छन। ताप्लेजुङस्थित पाथिभरा मन्दिरमा दर्शन गरेर तेह्रथुमको आठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न जाने क्रममा मन्त्री अधिकारीसहितको टोली दुर्घटनामा परेको हो ।

क्याप्टेन प्रभाकर केसीको कमाण्डमा रहेको हेलिकप्टरमा मन्त्रीसहित आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल, वीरेन्द्रदास बजिमय र अर्जुनकुमार घिमिरे सवार थिए । आठराई गाउँपालिको चुहानडाँडा नजिकै ठूलो आवाज सहित धुँवाको मुस्लो देखिएको उपप्रमुख रुपा कन्दङ्वाले जानकारी दिएका छन ।

घटनास्थल तर्फ प्रहरी टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विस्तृत विवरण भने आउन बाँकी छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest