किरायाको १०औं महाधिवेशनको तयारी पुरा, किरात प्रदेश नामंकनमा विषेश जोड

किरात राईहरुको साझ संगठन किरात राई यायोक्खाको १०औ राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । आज किराया भवन धरानमा पत्रकार सम्मेलन गरि किरायाले जानकारि दिएको थियो । महाधिवेशन यहि फागुन १८,१९ र २० गते सुनसरीको धरानमा आयोजना हुदैछ । महाधिवेशनमा २६ वटा जिल्ला समितिहरु, २८ वटा भाषिक र ८ वटा भातृ संस्थाहरु र १७ वटा राष्ट्रबाट एक हजार भन्दा बढी प्रतिनिधि र पर्यवेक्षकहरुको संस्थागत सहभागि रहने आयोजक समितीका अध्यक्ष तिलक राईले जानकारी दिएका छन ।

किरायाको ६औ महाअधिवेशनदेखि नै किरायाले संघिय राज्यसंरचनामा किरात प्रदेशको राजनैतिक मुद्दालाई सशक्त रुपमा उठाउदै आएको किरायाले १०औ महाधिवेशनमा भने किरात प्रदेशमो मुद्दालाई विशेष रुपमा उठाएको छ । किरायाले विषेश गरेर किरात राई जातिको सांस्कृतिक र जातीय संरक्षणको मुद्दालाई बोकेर हिड्नु परे पनि किरायाले किरात प्रदेशको राजनैतिक मुद्दा भने राज्यलाई खवदारी गर्दै र इतिहास, भूगोल, संस्कृतिक, सभ्याताको सम्मान गर्दै प्रदेश नं. १ किरात प्रदेश हुनु पर्ने मागलाई शसक्त रुपमा अधि बढाएको हो । किरायाले महाधिवेशनको प्रचारप्रसार स“गै किरात प्रदेशको मागलाई पनि तिव्ररुपमा अधि बढाइएको जानकारि दिएका छन । रचनात्मक प्रचारप्रसारको लागि विभिन्न खेलकुद तथा सांस्कृतिक क्रियाकलापद्धारा गरिएको थियो । गत फागुन १५ गते वृहत मोटरसाइकल ¥याली गरेर विराटनगर पुगी प्रदेश सभामुख प्रदिप कुमार भण्डारीलाई प्रदेशको नाम किरात राख्न दवाव दिदै ज्ञापन पत्र बुझाएको थियो । उक्त ज्ञापन पत्र लिदै सभामुख भण्डारीले किरात नाम तर्क, तथ्य र आधार रहेकोले समन्वयको भूमिका खेल्ने आश्वासन दिएको अध्यक्ष राईले बताएका छन ।

किरात प्रदेश नामकरणकै खाति रचनात्मक ढंगले प्रचारप्रसार गरिएको जानकारि दिएका छन । महाधिवेशनको प्रचारप्रसारको लागि धरान सुनसरीमा १८ वटा, मोरङ्ग लगायतका प्रस्तावित किरात प्रदेशको विभिन्न जिल्लामा स्वागत गेट निर्माण गरिएको जानकारि दिए । यसका साथै सुनसरीको इटहरीको मुख्य चौकमा किरात प्रदेश र महाधिवेशनको लागि होर्डिङवोर्ड राखिएको आज पत्रकार सम्मेलनमा संस्थाले जनाएको छ । त्यसै गरेर जिल्लाहरुमा भित्ते लेखन गर्नुका साथै २५ हजार पर्चा र १० हजार पम्प्लेट छापेर वितरण गरिएको छ ।

फागुन १८ गते हुने उद्घाटन कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्रि शेरधन राईको प्रमुख अतिथि र प्रदेश सभामुख प्रदिपकुमार भण्डारी, अर्थमन्त्री इन्द्र आङ्बो, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रदेश सभाका नेता राजिव कोइराला, संघिय समाजवादी फोरमका प्रदेश संसदीय दलको नेता जयराम यादव लगायतको उपस्थित रहने योयोक्खाले जनाएको छ । महाधिवेशन उद्घाटन हुनु पहिले विभिन्न जातीय झा“कीसहित धरान नगर परिक्रमा गर्ने जानकारि दिएका छन । उद्घाटन कार्यक्रममा एक लाख भन्दा बढी जनसहभागिता गराउने जनाइएको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest