किरात भनेको सभ्यता हो भन्ने कुरा कोही कसैबाट छिपेको छैन – मुख्यमन्त्री

किरात राईहरुको साझ संगठन किरात राई यायोक्खाको १०औं राष्ट्रिय महाधिवेशन आज सम्पन्न भएको छ । इतिहास, भुगोल, संस्कृति र सभ्याताको सम्मान १ नम्वर प्रदेश किरात प्रदेश समग्र देशबासीको आव्हान भन्ने मुल नारा बोकेर गरिएको महाधिवेशन धरानमा लाखौ जनसागरको उपस्थित माझ सम्पन्न भएको छ ।

महाधिवेशनमा २६ जिल्ला समितिहरु, २८ भाषिक, ८ भातृ संस्थाहरु र १७ अन्तराष्ट्रिय संस्थाबाट सहभागि हुनुका साथै अन्य किरातजन्य र आदिवासी जनजाती संस्थाहरुको उपस्थितिमा धरान नगर परिक्रमा गरिएको थियो । नगर परिक्रमाको क्रममा किरात प्रदेशको मागलाई सशक्तरुपमा नारामा घन्काइएको थियो । बालक देखि वृद्धसम्म आआङ्खनो संस्थाको व्यानर र झण्डा बोकि गरिएको ¥यालि सहितको नगर परिक्रमा किरात राई यायोक्खाका केन्द्रिय अध्यक्ष तिलक राई नेतृत्वमा गरिएको थियो । बृहत झा“कीसहितको सो ¥याली किरात राई यायोक्खा जिल्ला कार्यसमिति धरानको कार्यालय किरात चौकबाट सुरु भइ बुद्धचौक, धरान नगरपलिकाको कार्यालय हुदै भानुचौकमा अन्त्य भएको थियो ।

प्रदेश नम्वर १ लाई किरात प्रदेश नामांकन नाराको बुलन्द आवाजले धरान लगायत प्रस्तावित किरात प्रदेशका सम्पुर्ण जनतामाझ सकरात्मक सोच्न बाध्य बनाएको छ । गत केहि हप्ता देखि चिटिक्क किरातमय बनेको धरानले आज ऐतिहासिक किरातीको उपस्थिती पाएको थियो ।

दिनको ठिक १२ बजे उद्घाटन भएको कार्यक्रममा प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राई प्रमुख अतिथि रहेका थिए भने प्रदेश १ सभामुख प्रदिपकुमार भण्डारी, प्रदेश नं। १ सभासद रामकुमार राई पासाङ, नेकपा केन्द्रिय सांसद सुदन किराती र सुरेश कुमार राई हिमाल विषेश अतिथि रहेको थियो । त्यसै गरेर विभिन्न किरातजन्य संघसंस्थाका पदाधिकारी, जनजाती संघसंस्थाका पदाधिरी र विभिन्न क्षेत्रका बुद्धिजिविहरुको आतिथ्यमा महाधिवेशन सुरु भएको थियो ।

महाधिवेशनका प्रमुख अतिथि शेरधन राईले तीन चुलामा आगो बालेर, बेलुन उडाएर र ढोल बजाएर कार्यक्रमको उद्घाटन गरिएको थियो । उक्त उद्घाटनमा सभामुख भण्डारिले भने भ्mयाम्टा बजाएर कार्यक्रमलाई उद्घाटन गरिएको थियो ।

किरात प्रदेशको मागलाई अग्रस्थानमा राखेर आयोजना गरिएको महाधिवेशनमा इतिहासमै ९ लाख किरात भनेर विभिन्न शास्त्रमा उल्लेख गरिएको तथ्य हु“दाहु“दै १ नम्वर प्रदेशको नाम किरात प्रदेश राख्दा फरक नपर्ने विश्लेषकहरुको भनाई थियो । कार्यक्रममा बक्ताहरुले किरात मुन्धुमीहरुले पनि किरात नाम उल्लेख गरेर जादा इतिहासको सम्मान हुने, पहिचानवादी नेपालीहरुको भावना कदर हुने बताएका छन ।

अहिलेको आवाश्यकता भनेकै प्रदेश नामांकन हो, यस सवालमा किरात प्रदेश नाम राखे सभ्याता,इतिहास, भूगोल र पहिचानको सम्मान हुने दावी गर्दै किराती वक्ताहरुले प्रदेश सरकारलाई आग्रह गरेका थिए । ‘‘ किरात सभ्यता हो, र म त्यहि सभ्यतामा उभिएको छु । किरात प्रदेशको आन्दोलन सभ्य, सुसंस्कृत, मर्यादित र लोकतान्त्रिक पद्दतिबाट भइरहेको देखिरहेको छु ।” कार्यक्रममा विशेष अतिति तथा प्रदेश नम्बर १ का सभामुख भण्डारीले बोल्ने क्रममा भनेका थिए । त्यसै गरेर कार्यक्रमका प्रमुख अतिथि तथा मुख्यमन्त्री शेरधन राईले बोल्ने क्रममा ‘‘किरात भनेको सभ्यता हो भन्ने कुरा कोही कसैबाट छिपेको छैन” भनेका थिए ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

One thought on “किरात भनेको सभ्यता हो भन्ने कुरा कोही कसैबाट छिपेको छैन – मुख्यमन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest