किरायाको पदमा राजनितिक टकराव

किरात राईहरुको साझा संगठन किरात राई यायोक्खाको १०औ महाधिवेशन गत शनिवार देखि सुरु भएको हो । शनिवार ंमहाधिवेशनको खुल्ला सत्र र आइतावार सोमबार २ दिन बन्द सत्र गरि ३ दिनमा किरात राई यायोक्खाले नया केन्द्रिय कार्यसमिती पाउने भनिए पनि आज सोमबार अन्तिम दिन हुदा सम्म पनि महाधिवेशनले अन्तिम रुप पाउन सकेको छैन । महाधिवेशनले बन्द सत्र पाए पछि अध्यक्षका लागि प्रत्यासी कति र को को भन्ने चासो त स्वभाविकै हो । तर सरसर्ती हेर्दा जातीय संस्था किरायामा एक पदको लागि प्रत्यासी आउनु भनेको निकै गम्भिर कुरा हो । सहमतिमा नेतृत्व चयन गर्नु पर्ने अवस्थामा चुनावी प्रक्रियामा जानु भनेको संस्थाको लागी दुर्भाग्यको कुरा हो ।

यो जारि किरायाको महाधिवेशनले पनि संगठनको प्रमुख २ पदको लागि प्रत्यासीहरु उत्रीएका छन । महाधिवेशन पहिले अध्यक्ष दिवस राईको नाम आए पनि महाधिवेशनको बन्द सत्रको पहिलो दिन सम्म ३ जना प्रत्यासी तयार भएका छन भने अर्को पद महासचिवको लागि पनि ३ प्रत्यासी मैदानमा उत्रिएका छन । महासचिवमा भने अहिले सम्म कसैको पनि चर्चा थिएन ।

अध्यक्ष पदका लागि दिवस राई, गेन राई र जीवन हाताचोले प्रत्यासी दावी गरेका छन । प्रत्यासी दिवस र गेन किरायाको उपाध्यक्ष हुन भने जीवन महासचिव हुन । त्यसै गरेर महासचिवको लागी जनक राई, भिम राई र धिरेन्द्र रुम्दालीले प्रत्यासी दावी गरेका छन । जनक र भिम उपमहासचिव हुन भने धिरेन्द्र केन्द्रिय सदस्य हुन ।

राजनितिक टकराव

सामाजिक संस्थामा राजनितिक घुस्नु भनेको संस्थामा ऐजेरु पलाउनु जस्तै हो । किरायाको जारि महाधिवेशनमा भने यी २ पदको लागि राजनितिक टकराव देखिएको छ । अहिले ३÷३ प्रत्यासीहरुको गुटको चर्चा चल्नु थालेको छ । किरायाको अध्यक्षको लागि बलियो उम्मेद्धार मानिएका दिवस राई नेकपा निकट रहेकोले दिवसलाई निकै सम्भावित उम्मेद्धार मानिएको छ । अर्का उम्मेद्धार गेन राई पनि संघिय समाजवादी फोरमको निकट मानिएको उम्मेद्धार हुन । राजनितिक मुद्दाको हिसावले किराया पहिचानवादी भएकोले कतै गेनले पनि पो अध्यक्ष पदलाई दाउ पार्ने हुनकी भन्ने अनुमान पनि लगाउनु थालिएको छ । त्यसै गरेर जीवन हाताचो भने नेपाली कांग्रेस निकट भएकोले निवर्तमान अध्यक्ष तिलक राईको रापतापले जित्ने पो हुन की भन्ने आशंका छ ।

महासचिवका लागि प्रत्यासीमा रहेका भिम नेकपानिकट हुन भने रुम्दाली संघीय समाजवादी फोरम निकट भए पनि जनक भने अहिले सम्म कुनै पनि राजनैतिक दलमा संलग्न नरहेको बुझिएको छ । अध्यक्ष पदको लागि पावर शो र राजनैतिक समर्थनबाट अगाडी आउने देखिए पनि महासचिव पदका लागि भने सहमतिमा होला कि भन्ने बुझिएको छ ।

बन्द सत्र चलिरहदा यी २ पदका लागि यसरी रडाको मच्चिरहदा सामाजिक संजालमा भने निकै पब्लिक चोइस प्रश्नहरुले ठाउ पाएको छ । यसरी टकराव चलिरहदा नया कार्यसमिति चयनको लागि चुवावी प्रक्रियामा जानु पर्ने अवस्था सृजना भएको छ । यसरी चुनावी प्रक्रियामा जानु परे केहि प्रतिनिधिहरु भने असन्तुष्ट भएको बुझिएको छ । केहि जिल्लाका प्रतिनिधि भने घर फर्किसकेका छन । केहि जिल्लाका प्रतिनिधिहरु भने चुनवी प्रक्रियामा गए हल छोड्ने प्रतिक्रिया दिएका छन । तर पार्टी निकट प्रतिनिधिहरु भने राजनितिक लवी सुरु गरेको बुझिएको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

One thought on “किरायाको पदमा राजनितिक टकराव

  • March 6, 2019 at 1:18 am
    Permalink

    दामको पिछे नलागौ कामको पिछे लागौं अहिले भैई रहेको गुटबन्दी गराए र आफ्नो खुला आचरण नदेखाउ बस ।

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest