नारी

– सविता लिम्बू
जगतकी सृष्टिकर्ता उनी
दृष्टिकर्ता उनी
त्याग र तपस्याकि खानी उनी
के कति भनाै …..?
उनी नै हुन उनी नारी

प्रसव पीडामा राताम्य भई
यश धर्तीमा पाइला टेकाउने
मैन भइ आफै जलिरही
उज्यालोको प्रकाश छर्ने
उनी नै हुन उनी नारी

आफ्नो भोकप्यास लुकाई
स्तनपान गराइ तृप्त बनाई
सदैव पथपर्दशक बन्ने उनी
मैलो फरियामा वात्सल्य लुकाईरहने
उनी नै हुन उनी नारी

श्रीमानका लागि सति जाने उनी
राक्षसको बद गर्ने काली उनी
संघर्षकि मूहर्त उनी
समुन्द्र झै शान्त शान्त उनी
उनी नै हुन उनी नारी

आजका विध्या,अनसरी र सुशिला उनी
सरस्वतीकि अर्को रूप नारी
सहनशीलताको अर्को नाउ नारी
ममताकि मुहान उनी
उनी नै हुन उनी नारी

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest