म मरेको दिन

-प्रयाश दुमी राई,
चिसो एउटा अध्याँरो रात, थर्थराउदै मेरो अगिल्लोतिर नियमबद्द आईरहेको छ, मेरो ओठको कम्पन कत्तिपनि घट्न सकेको छैन,तर मलाई बार्दलीबाट बल्दै निभ्दै गर्ने यो शहरको दृश्यले मोहीत बनाउन छोड्दैन । म सम्झन्छु– बल्नु निभ्नु त रहेछ झिलिमीली, म पनि त यस्तै गरी कति निभेकोछु आफै भित्र अनि कति बलेकोछु आफ्नै दुनियामा । आफु आफै रहेछ जीवन ! भेटिएर आफ्ना भएकाहरु त केवल क्षणीक हुदा रहेछन् जो आउँछन् र मनलाई आफ्नो बनाएर लान्छन् अनि अल्झाइरहने याद पठाउँछन् ।

यतिन्जेल भोड्काको बोतल आधा भैसकेको हुन्छ चुरोटबाट निस्किरहेको धुवाँ मलाई छोडेर आकाश तर्फ उड्ने क्रम रोकिएको छैन,यो धुवाँ र आफ्नो मान्छे मलाई उस्तै लाग्छ, म यो धुवाँमा सँधै उस्को मुहार देख्छु र’त बार–बार यो बार्दलीमा आफुलाई चुरोट सल्काईरहेको पाउँछु । यो धुवाँ र ऊ मलाई भिन्न लाग्दैन किनपनि भिन्न लाग्दैन भने, ऊ पनि मेरो मनमा बसीदिन्छ र बेखबर भएर गैदिन्छ जसरी आफैले सल्काएर आफ्नै छातिभित्र सजाएको यी धुवाँहरु निस्किएर भाग्छन् ।

जीन्दगी के होर ? जाबो दोहोरो सास न हो । धुवा जस्तै हावामा उडिदिन्छ र खरानी भएर सकिन्छ । तर भन्नेबित्तिकै त्यस्तरी सहजै कहाँ रित्तिन्छ जीवन । अनगीन्ती मोडहरुसँगै कति भोक्नु हुन्छ कति सहनु,कति रुनु र कति रमाउनु हुन्छ भागमा । यीनै निरर्थक कुराहरु मनभित्र खेलाउँदै गर्दा उस्को म्यासेज आउँछ– “नदी ! आई.एम सरी ! म तिमी भित्रैछु आजपनि ।” अनि सम्झन्छु, मेरोलागी यो म्यासेज लेखिनुपनि मेरो खोक्रो निधारमा थियो । कति विचित्र छ है ! भगवान्को लिला ? मान्छेसँग भगवान्ले मुख दिएका छन् जस्लाई जतिबेला जे भन्न मन लाग्छ उस्लाई त्यो कुरा भन्न छुट छ । र जुन बेला जस्तरी जतापनि हेर्न छुट छ आखाँहरुलाई । अनि मन– मन त झन जतापनि चल्ने बनाईदिएको छ, यस्को कुनै सिमा हुदैन जस्लाई रोक्न सक्ने कुनै पर्खाल पनि छैन, यसो भएर‘त मान्छेहरु मनलाई सक्ने जत्ति प्रयोग गरिदिन्छन् । मन दुख्छ, यो जान्दा जान्दै पनि मान्छे अरुको मन चिथोर्न थोपो भरको डर मान्दैन ।

यो म्यासेज उनै बहावको थियो । बहावसँग पहिलो पटक हाम्रो भेट बसको आधा सिटमा भएको हो । खै कुनकुन मान्छेहरु कहाँ भेटिन्छन् थाहा छैन मलाई । तर हामीले आधा सिटमा एकअर्कालाई देख्यौँ । यसरी भएको हाम्रो भेटले हामी दुबैलाई नजिक बनायो । मलाई अझै याद छ दोस्रो पल्ट बानेश्वरमा हाम्रो भेट भएको थियो । त्यसपछिका भेटहरु गनी साध्य लाग्दैन मलाई किनभने त्यसपछि हामी एक अर्काको प्रेममा प¥यौ । यो बिचका घटनाहरु कति मिठा छन् कति अमिला र तिता छन् तर जे हुनु प्रेममा भएको थियो यसो भन्न बिवशछु आज ।

मेरो पनि कथा छ प्रेमको–
“लभ यु सानी !” ऊ यसरी च्याटको सुरुवात गथ्र्यो ।
“मात्र लभ यु र सानी ?” म ठुस्किन्थेँ ऊसँग ।
“हैन, …मेरी सानी !” ऊ मलाई फुरुक्क पारिदिन्थ्यो । यसरीनै हर सपनाहरुको पर्खाल उठाउँथ्यौँ र भत्काउँथ्यौँ । छिनमा रमाउँथ्यौँ र छिनमा बेस्सरी रुन्थ्यौँ । यतिसम्मको प्रेम त सबैले गर्छन् हामीले पनि ग¥यौँ । म रुदा ऊ भन्ने गथ्र्यो–“किन रुन्छ्यौ नदी ! मेरो प्रेम रुवाउने छर ?” आँशुलाई पुछेर “छैन, त्यस्तो हैन बहाव !” यसो भन्न मलाई कर लाग्थ्यो । मलाई उस्को सबथोक मन पथ्र्यो बिशेष उस्को त्यो मुस्कान । मायाँ पनि उस्ले मलाई मरेरै गरेको हो मेरोलागी उस्ले के गरेन ? शहरका हर रमाइलो र सुन्दर ठाउँहरुमा मलाई सामेल गराउँथ्यो, मन लागेका र मन नलागेका खानेकुराहरु मलाई खुवाउन टाढा–टढा होटलहरुमा पु¥याउँथ्यो, यति मात्र हैन मेरा हर दुखसुखमा सँधै साथ दिईरहन्थ्यो । ऊ कतै जान परे मलाई लिएर जान्थ्यो, यसरी ऊसँग सँगै हुन पाउँदा मैले आफ्नो संसार भुलिसकेकी थिएँ मलाई उस्को बाहेक अरु कोहीको पवार्ह हुन्न थिया,े उस्लाई पनि सायद म बाहेक अरु खास नलाग्दोहो र ऊ मेरै लागी भनेर हरु दिन सोचिरहेको पाउँथेँ । बहावले मलाई प्रेम गरेनँ भन्ने फिलिङ्स् उस्ले ममा कहिल्यै आउन दिएन ऊ पर्ने र नपर्ने कुरामा मलाई केयर गरिरहन्थ्यो । मलाई उस्को केयर गर्ने ह्याबिट मन पथ्र्यो । तर यो सब कुरा धेरै पुरानो भैसक्यो । आज त्यो समयले मलाई बेस्सरी पछारेर धेरै दुर भैसकेकोछ म निक्कै वर छु जहाँ ती अतितहरुलाई सम्झेर मुटु कुडाउदै एक कुनामा रुन मात्र सक्छु । मेरो भागमा त आँशु पनि दुखमा रुन मात्र रहेछ । मत सुन्थेँ, आँशु सुखमा पनि पोखिन्छ तर त्यसरी खुशी हुदै आँसु छल्काउने पल मेरो जीवनमा बाटो बिराएर पनि आएन । आउँछन् त केवल मुटु टुक्रयाएर लाश बनाई जानेहरु आउँछन् । आउँछन् त मझधारमा मलाई रेटेर जानेहरु आउँछन् । अनि आउँछन्– रातरात सपनामा ब्युँझाएर कालो अन्धकारको छायाँ देखाउनेहरु !

छ महिना पछि आज उस्ले मलाई मेसेज गर्दैछ । हाम्रो सारा प्रेमको सिमाना नाघेर उस्का हर पाईलाले मेरो छातिमा टेक्दै ऊ अस्ट्रेलीया पुगेको छ आज । आज्ञा– उस्को अर्धाङ्गीनी, उस्को मुटु उस्को रगर र सास । बहाव मेरै थियो मैले नै प्रेम गरेकी हुँ, मलाई जीवनका कुनै पनि हारहरुसँग गुनासो छैन कहिल्यै गुनासो गर्दै बाँचिन पनि,जे थिएँ खुशी थिएँ कारण ऊ मेरो साथमा जो थियो । म यति कुराले मेरो प्रेमबाट हारेँ की आज्ञाले जस्तो मैले उस्लाई डिपेन्डनमा अस्ट्रेलीया लान सक्ने हैसियत ममा थिएन । ऊ त मलाई सँधै स्वार्थी देख्ने मान्छे ऊ आफै हिजो खै कुन स्वार्थमा आज्ञाको पिछा भएर गयो म यो जान्दिनँ । समयसँग मान्छेहरु रंग फेर्छन् भन्ने सुनेकी हुँ विस्वास थिएन आज उस्ले यो कुराको सहि जवाफ दिएर गयो । म विस्वासीली भएकीछु की मान्छेहरु पैसामा बिक्छन्–बिक्छन् । मायाँमा बिक्ने यहाँ धेरै छन् म आफै पनी बिकेँ तर पैसामा बिक्नेहरु मैले आफ्र्न जीवनमा भोगेँ । थाहा छैन मैले अझ अरु केके भोग्नु छ ।

  २

ऊ समयसँग चल्ने मान्छे पर्खाइ उस्को रोजाई हैन,म्यासेजको रिप्लाई पर्खन नसकेर यत्तिकैमा उस्को फोन आउँछ–
“सानी !”
“हजुर !” सकभर सम्हालीएर भन्छु ।
“केमा बिजी ?”
“रक्सि र चुरोटमा !” अब उस्ले मेरो आवाजलाई कर्कश किसिमको सुन्दोहो तर मलाई खेद छैन भैसकेको कुरासँग गुनासो गर्नु बेकारछ, मैले यो ऊसैबाट सिकेकी हुँ ।

“नदी ! किन तिमी यस्तो ? ओभर ड्रिङ्क नगर सानी ! आफ्नो हेल्थको केयर गर यार !”
“मसँग के बाँकी छर मैले आफ्नो केयर गरु ? तिमीलाई थाहा छत मेरो लाइफ कति बेकामको छ, म कति बेकामेछु कति थोत्रो र मैलो छु ।” यसो भनिरहँदा मलाई रुन आईरहेको थियो मेरा आँखाका डिलहरु आँशुका कलिला थोपाहरुले भरिदै आएका थिए, गह्रौ भएर मन पोखिन मेरो अनुमति खोजिरहेको थियो । म भने धुवाभित्र आफुलाई अड्याउने प्रयास गर्दै थेँ । भित्र भित्रै रुमलीनु त छ मेरो बिवसता मैले स्वत्रन्त भएर उड्न कहिले पाएकीछुर ? बन्दि छु मत आफ्नै जीवनसँग ।

अब ऊ मौन भयो उस्ले एक शब्द बोल्न सकेन । उस्को यो मौनतालाई गिज्याएर भनिदिन्छु–“तिमी यसरी नबोलेको सुहाएन बहाव !”
“अत्ति नभनन नदी ! मन दुख्छ, मसँग पनि मन छ, अरुको जस्तै !” “दुनियाँको मन भेला पार्दै हिड्ने तिमीसँग किन नहुनु मन, सबैको मन लुट्नेहरुलाई पनि पिडाले दुखाउँछर ?” यसो भन्न मेरा ओठहरु नतम्सिएका हैनन् तर म चुप रहेँ । कति पटक त मैले ओठ टोकेरै आफुलाई शान्त बनाएकी छु भने छुटिसकेको ऊसँग आज म आफुलाई यसरी किन व्यक्त गरुँ ? अब के अर्थ उसँग व्यक्त हुनुको,जो मेरो सपनाको पनि लायक छैन जस्को म खेलौना हुँ । हातमा चुरोटको धुवा सक्किन लागीसकेको थियो यहीबेला ऊ रुन्चे आवामा भनिदिन्छ–“तिम्रो मेरो रिलेसन टुट्यो म स्याड छु तर मेरो भन्दा तिम्रो लाइफ सुन्दर छ तिमी स्ट्रोङ छौ नदी ! यसकारण म ह्याप्पी छु ।” मैले यो कुरालाई पनि ओठ टोकेरै स्वीकार गरिदिएँ ऊ सायद ठिक भन्दै थियो ,ऊ खुशी छ तर उस्ले नबुझेरै बोल्यो म केछु कसो छु यो स्वयंमलाई त चेतना छैन ऊ कसरी भन्न सक्छ की मेरो लाइफ सुन्दर छ भनेर । “तिमी खुशी हुनुले मलाई पोल्दैन बहाव ! म अकार्को खुशी लुट्ने लुटेरा जो परिनँ ।” मेरा ओठबाट यसै यी वाक्य निस्किए । मलाई थाहा छ शब्दले आगो भन्दा बढी पोलिदिन्छ भएपनि आज कुनै किसिमका गह्रौ भावहरु मभित्र बाकी रहने छैनन् बाँकी अब के छर ? थोरै म छु थोरै रात छ के थाहा भोली यो रात फेरी फर्कन्छ फर्कन्न । मलाई नफर्किनेहरुसँग औधी डर लाग्छ मलाई जानेहरुको कुनै भरोसा लाग्दैन । भरोसा त मलाई म आफैसँग छैन । “नदी ! मैले तिमीलाई धेरै सताएकोछु अब सताउने छैन, तिम्रो हर शब्द सुन्नेछु तिमीलाई मान्नेछु । सुख दुख आधा बनाउनेछु । म यो नर्कलाई त्यागेर तिम्रै पासमा आउदैछु मलाई हेला नगर !”।

एका एक मेरो शरीरमा झट्का महसुस हुन्छ । आखाभरी यत्रतत्र ताराहरु चम्कन्छन् । धेरै पछि आज फेरी ऊ रुदै थियो यो रोदनले मलाई बनाउन सम्मको आहत बनाउँछ म कुन समय गुजार्दैछु अलमलमा पर्छु । उस्का यी प्रत्येक वाक्यमा रोदन मिसिएर असपस्ट भएका थिए,यो रात धमिलीदै थियो, जस्तो हाम्रो सम्बन्ध धमिलो भैगएको थियो ।

“हँ !?” अचानक मेरो ओठबाट यो वाक्य निस्कन्छ ।

“हो सानी ! मलाई तिम्रै काख चाहीन्छ, तिम्रै छातिको संसार चाहिन्छ अनि तिम्रै आँखाभित्रको सपना चाहिन्छ, म तिम्रो मुटुको धड्कन सुन्दै जीन्दगी काट्न चाहान्छु मलाई तिम्रो मुटु चाहिन्छ ।” यसो भन्दै गर्दा उस्को रुवाइले मलाई चुहाइसकेको थियो मेरा आँखाबाट नचाहेरै पनि चार धार आँशुले सानो धर्को बनाउँदै गलासम्म झरिसकेको थियो । खै यो आफ्नै आँसु पनि किन यस्तरी गद्दार गर्छ जब उस्का आवाज मेरो मनले सुन्छ आँसु यसै दर्किदिन्छ, हाय ! मेरो सस्तो आँसु !

जब आँसुले आँखा भरिन्छन् ओठ निस्तब्ध हुदा रहेछन् म कुनै वाक्य बोल्न सकिनँ । सपना जस्तो लाग्छ तर हैन बार्दलीमै छु चुरोट सल्किएकै छ कुकुरहरु भुक्न छाडेका छैनन् र शहर अझै चम्किरहेको छ । हिजो मेरो छातिमा लात मारेर जाने ऊ आज आफ्नो जीन्दगीको भिख मागीरहेछ म यस्लाई कसरी विस्वस गर्न सक्नु ? अविस्वास गर्न त अब मलाई रहर लाग्न छाडिक्यो बिस्वास गर्न सक्ने मुटु मकहाँ काँ छर ? छैन ।
“छैन मसँग तिम्रोलागी मुटु, छैन सपना, छैन तिम्रो नाउँमा सँधै धड्किदिने छाती !” यसो भन्न रहर लाग्छ तर सक्दिनँ । यति भन्ने आँट मेरो मुटुसँग भैदिएको भए आज म उस्लाई चिन्दिनँ थिएँ । दुबैजना रोयौँ अब हाम्रो कलमा भिडियो जोइन भयो हामीले एक अर्कालाई देख्यौँ । रोएको आँखा,डराएको ओठ दुखेको मुटुृ आधा कप रक्सि र ठुटे चुरोट अनि नकाटेको दाह्री सहितको त्यो माया लाग्दो उस्को अनुहार यति हेरेर मेरो मन चसक्क भयो । मैले सिधा हेर्न पनि सकिनँ । ऊ पनि मलाई हेरर हुरुक्क हुँदै बेस्सरी रोईरहेको थियो । रुवाई त उही हो तर आफुले चाहेको आफ्नोसँग रुनुमा किन यति मजा आउँछ सायद कमलाई थाहा छ । कतिलाइत थाहा नहोला रुनुमा पनि कति मजा छ भनेर । अक्सर मान्छेहरु रुन डराउँछन् हाँसो नै हाँसोको लाइफ पनि बोरिङ लाग्ने हुन्छ महशुस गर्नुस् । मलाई त्यतिबेला रुन रहर लाग्छ जतिबेला आफ्नो मुटुले भुल्न नसकेको त्यो मान्छेले सुनिरहेको होस् ।

मलाई थाहा छ ऊ मेरो प्रतिक्रिया पर्खिरहेछ । उस्का आँखाहरु मसँग आसाभावले टिठ्याईरहेकाछन् । ऊस्को जस्तो मुटु मेरो कहाँ छर ? मायाँ गर्ने मान्छे तड्पाउनलाई । चाँडै भनिदिएँ –“अनि तिम्रो आज्ञा ?” “मैले उसँग डिभोर्स गर्ने डिसिजन गरिसकेँ, अब म उस्को भएर बस्न सक्दिनँ, म ऊबाट मुक्त हुन चाहान्छु ।” उस्ले यो कुरा यति चाडै भन्यो कि मानौ, ऊ यसो भन्न निक्कै पर्खीरहेको थियो ।
अब सत्य कुरा बोल्न यसै रहर लाग्यो मनभित्रका सारा कुण्ठाहरुलाई बाहीर निकाल्ने आँट पलाएर आयो उस्को आँखामा आँखा जुधाएर आँसु पुच्दै मैले भनेँ–“तिम्रो सुखी लाइफ तिम्रो अस्ट्रिलियन जीन्दगी तिम्रो रोजाई र तिम्रो खुशीको मान्छे ऊ, जस्लाई छाडेर तिमी के गर्न सक्छौ मसँग ? म नाथु ! तिम्रो जुत्ताको धुलो भन्दा कम महत्व छ मेरो, यसो भनौँ तिमी आफैले यो स्तरको मलाई बनाइदियौ । हिजो ममाथी आगो झोसेर जाने तिमीलाई यो खरानी भएको मुटुले तिम्रै स्वागत भन म कसरी गरुँ ?।……

–मैले कहिल्यै भनिनँ,आज एउटा कुरा सुरुवात मै भन्छु, यो प्रश्नले जवाफ तिमिसँग माग्छन् बहाव ! भन,– के तिम्लाई जस्तो मलाई अस्ट्र्ेलिया,अमेरीका,जापान लिएर जाने मान्छे मैले पाउँथिनर ?” रोइरहेको उस्का आँखा टक्क रोकिए मलाई थाहा छ उस्ले यतिबेला सास पनि रोकिरहेको छ । म थप्दै जान्छु–“तिम्रो जस्तो सोँच र तिम्रो जस्तो प्रेम मेरो भैदिएको भए म यतिबेला तिमी जस्तै ठुलो र सम्पन्न कुनै एउटा कन्ट्रिमा मोजसँग बाँचिरहेकी हुन्थेँ, तर म आज यो काठमाण्डौको एउटा साघँुरो कुनामा बसेर किन एउटा रक्सिको बोतल र सल्किएको चुरोटसँग जीवन बिताउँदैछु तिम्लाई थाहा छ ? छैन, तिमी त धनको प्रेममा अन्धो भैगयको छौ अन्धो मात्र हैन पैसाले तिम्रा कानहरु पनि बन्द भएका छन्, एकछिन ति पैसालाई फालेर मजस्तो रित्तो भएर रित्ता कानहरुले सुन, म आज पनि यो ठाउँमा छु कारण मैले तिमीलाई चोखो प्रेम गरेँ ।” ऊ ल्यापटपको स्क्रीनमा मलाई ट्वाल्ल परेर हेरिरहेको थियो मलाई अझै बोल्नु थियो ऊ पुन आँसु लिएर फर्कियो तर आज मलाई यो उस्को आँसुले पनि रोक्न सकेन भनिदिएँ– “बहाव ! जीन्दगी एउटा हो तर यस्ले एकथोक बाँच्दो रहेनछ जस्तो तिम्रो जिन्दगी । सम्झत तिमीले कति जीन्दगी बाँच्यौ ? कतिलाई कति थान सपना देखायौँ ? मैले तिमीलाई पैसा बाहेक अरु कुन कुराको कमी हुन दिएँ भन त ? हर रात तिम्रो अंगालो मैले थामेकी थिएँ तिम्रो मन तिम्रो मुटु त्यतिबेला मात्र हर्षले फुल्थ्यो जब तिमी मेरो शरीसँग मनमानी खेल्न पाउँथ्यौ, भन त मैले तिमीलाई त्यो सुखबाट कहिल्यै वञ्च्ति हुन दिएँ ? म बिराम हुँदा मेरो अफिसमा बिदा नमिल्दा मेरो आफन्तिको घरमा भोज पार्टि हुँदा म बिजी छु भनेर तिमीबाट कहिल्यै पन्छिन्थेँ ? सबका सब प्रश्नको जवाफ देऊ अनि म तिम्रो अनुनय आँखा चिम्लेर हुन्छ भनिन्छु ।” यति भनिसक्दा मभित्र धेरै आनन्दको अनुभुती पाइरहेकी थिएँ आँसु उस्तै थियो बर्षा यामको झरी जस्तै । अरुबेला मेरो कुरा सुन्नुपर्दा फोन कटाउने बहाव आज आँसुको भेल बगाउँदै भएपनि मलाई सुनिरहेको थियो । उस्को सुनाइमा केन्द्रित भएर फेरी म भन्न थाल्छु –“म त सम्झन्थँे मायाँमा यो सब चल्छ तर सारा सुखहरु त मबाट तिमीले लुटेका रहेछौ यस्लाई मायाँ भनिदैन बहाव ! लुटेरा भनिन्छ । तिमीलाई मेरो शरीरमाथी खेल्ने एउटा खेलाडी बाहेक अरु सोच्न सक्दिनँ । तिमी आफै सोँच, मेरो फेसबुक आइडी तिम्रो इसाराले चल्थ्यो यो सँग बोल्नु त्योसँग नबोल्नु, यस्लाई एसेप्ट गर त्यसलाई ब्लक गर ! मैले तिम्रो सब कुरा मान्थेँ, खै मैले के पाएँ ? आज न तिमी छौ न मेरा साथीहरु । मैले तिमीसँग प्रेम नगरेकी भए आज मसँग सयौँ साथीहरु हुन्थे, तिनीहरुले मलाई मायाँ नगरे पनि कमसेकम तिम्ले जस्तो मेरो फिलिङ्हरुमाथी रेप त गर्दैन थिए ।” यतिन्जेल पनि मलाई उस्को मुटु दुख्लाकी भन्ने पिर आएन, म निर्दयी जो बनिसकेकी छु,निर्दयी र स्वार्थी बन्न त मलाई उसैले सिकायो, अनि मलाई समयले चेतायो र मैले बुझेँ– एउटा अध्यारो प्रेमको एक अध्याय । बिस्तारै दिनहरु बितेर जादै थिए जसरी म मेरा हर वैँसबाट बितिरहेकीे थिएँ । यी दिनहरुमा मैले धेरै पटक हारेकीछु, जितेकीछु यसर्थमा हारेको मेरो जीवन जितेको मेरो जीवन । यो जित र हारहरुभित्र मेरा कोरा सपना र कोरा भावनाहरु छुटेकाछन्, भेटिएका छन् बाँच्नुको अर्थमा मैले त केवल सास मात्र फेरिरहेकी छु । जीन्दगी त आफ्नै हो तर यहाँ आफ्नैहरुले नै त बढी पिडा सुम्पिदा रहेछन् । अरुको मन बुझाउन आफ्नै सिँङगो मन जो भत्काउनु रहेछ । म आफु भत्किएर पनि उस्को संसार सजाउन चाहान्थेँ तर आज म आफैको बाँकी छैन सक्किदैछु म, क्रमश मेरा बैंसहरु जस्तै ।

मेरा पनि त चाहानाहरु थिए होलान् मैले पनि त मेरो खुशीमा हास्न रहर राख्थेँ हुँला ? तर म उस्को खुशीमा हावी भैसकेको थिएँ, मलाई उस्को बन्दि जस्तो भएर बाँच्नुमा बानी परिसकेको थियो । म कोही केटासँग बोलेँ अथवा हिडेँ भने ऊ मसँग झगडा गथ्र्यो, ऊ कोही केटी सँग हिडेको मैले कत्ति भेटेकोछु तर उस्ले बहीनी हो भन्थ्यो । मेरो पनि त दाईहरु हुन्थे, साथी हुन्थे मसँग पनि त उस्को जस्तो परिवार थियो आफन्ती थिए तर अँह उस्ले यो कहिल्यै बुझेन । मैले लगाउने कपडा,कपडाको रंग खाने कुरा सब उस्को रोजाइमा हुनुपथ्र्यो । रक्सि उसैले पिउन सिकायो चुरोट तान्ने उसैले बनायो त्यही कुरा अरु साथीहरुसँग खाँदा मलाई अनेक शब्दहरुले गाली गरिदिन्थ्यो । ऊसँग खान हुने कुरा मैले अरुसँग खान नहुनु कुन नियम हो म बुझ्दिनँ ।

यो रात उस्को निशब्दतासँगै सक्कियो । सम्झेँ अब ऊ मेरो बाटोमा हिड्न आउने छैन । आवोस् पनि कसरी ? ऊ मेरो हर प्रश्नहरुको सामु झुक्न सक्दैन । पछुतो छ मलाई मैले नकामको प्रेम गरेँ तर मलाई सन्तोष छ यो प्रेमले मलाई स्ट्रोङ बनायो । ऊ कहिलेकाही सपनामा आउँला ठिकै छ मैले माया गरेको मान्छे हो ऊ आउन रोक छैन, मन न हो भित्र कताबाट मायाँ गर्छ नै यदि साँचो छ भने । ऊ भन्थ्यो–“रुनेहरु एकदिन हाँस्न सक्छन् तर अरुलाई रुवाउनेहरु कहिल्यै हाँस्न सक्दैनन् ।” आशा छ मैले पनि रमाउने दिन पाउनेछु रितु घुमेर आउँनेछन् र मलाई लिएर धेरै टाढा जानेछन् जहाँ मेरो आफ्नो दुदियाँ हुनेछ म हुनेछु ।

म एक साँझ उस्लाई सम्झेर साँच्चै धैरै रोएँ,धेरैबेरसम्म रोएँ । ऊसँग बिताएका हर समयले मेरो मुटुभित्र उत्सव मनाइरहेका थिए । कालिन्चोक जादाँ खिचेको फोटो हेरेर रोएँ, मनकामना बाट बनाएर ल्यएको फ्रेमभित्रको हाम्रो फोटो हेरेर रोएँ । सब ठाउँमा ऊ थियो उस्को याद थियो,म आफैमा उसलाई पाएँ र रोएँ । ऊ त मेरोलागी रुनु रहेछ, जहिले पनि रुन्थेँ । कोठाभरी उस्ले दिएको मेरो बर्थ डे गिफ्टहरु हासिरहेका हुन्थे म तिनै गुडिया र उपहारहरु हेरेर रोईदिन्थेँ ।

–र अन्त्यमा,
आफु जस्तै धमिलो भएर होला मलाई साँझको माहौल मन पथ्र्यो । म बाहीर बार्दलीमा थिएँ । चिसो यो मौसमलाई च्यालेन्ज दिन मैले एउटा सिग्रेट सल्काउन मात्र के लागेकी थिएँ मोबाइलमा रिङ बज्यो उठाएँ–“हेलो !”

उताबाट पुरुष ध्वनी मेरो कानमा प्रतिध्वनीत भयो–“नदी ! म तिम्रो बहाव ! सुनन.. १५ (फिफ्टिन) तारिख मेरो फ्लाइट छ, म अस्ट्रेलिया छोडेर आउँदैछु सँधैको लागी । म नेपाल आएर तिमीसँग बिहे गर्दैछु रेडि भएर बस्नु !” फोन कट भयो । हातबाट नसल्किएको सिग्रेट भुइमा झ¥यो म निरिह भएर उभिरहेँ, लाग्यो चिसो हावाहरुपनि स्तब्ध र स्थीर छन् यतिबेला……!

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest