ब्रिटिश सेना: गोर्खाको नयाँ बटालियनकाे घोषणा, नेपालसँग छलफल गरिएन

ब्रिटिश सेनामा गोर्खा राइफल्सको तेस्रो बटालियन स्थापना भएर सन् २०१९ बाट भर्ती थालिने त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ।

पछिल्ला वर्षमा ब्रिटेनको सेनाको घटिरहेको सङ्ख्याको मारमा नेपाली गोर्खाहरू समेत परेका थिए।

नयाँ निर्णयसँगै उनीहरूको सङ्ख्या ७३० ले बढेर झन्डै चार हजार पुग्ने ठानिएको ब्रिटिश फोर्सेस बोर्डकास्टिङ सर्भिसले जनाएको छ।

फागुनको दोस्रो साता नेपाल भ्रमणमा रहेका ब्रिटिश रक्षा राज्यमन्त्री मार्क लाङ्कास्टरले बटालियन बढाउनेबारे नेपाल सरकारसँग कुनै छलफल नगरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन।

उनले भने, “गोर्खा सैनिकको सङ्ख्या थप गर्ने विषयमा समग्र पुनरवलोकन नभएसम्म नेपालको सहमति छैन भनिसकेका छौँ।”

मन्त्री ज्ञवाली भर्तीको सङ्ख्या थपघट हुने विषयमा नेपाल सरकारसँग छलफल हुनुपर्ने बताउँछन्।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest