हाेलीले निम्त्याएकाे झगडामा एक जनाको मृत्यु

होली खेल्ने क्रममा धरान–७ स्थित बगैचालाइनमा दुई समूहबीच भएकाे झगडामा एक जनाको मृत्यु भएको छ ।

छुरी प्रहारबाट धरान–८ का २० वर्षीय निमा तामाङको मृत्यु भएको समाचार छ । प्रहरीले जनाए अनुसार उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा साँझ साढे ५ बजेतिर निधन भएको हाे । त्यसै गरेर झडपमा अर्का एक जना धरान–८ कै १७ वर्षीय मिलन बिक घाइते भएकाे प्रहरीले जनाएको छ । उनको छातीमा सामान्य चोट लागेको छ । मृतक तामाङको भने छातीको दाँहिने भागमा छुरी प्रहार भएको थियो ।

साढे ३ बजेतिर भएको घटनामा चार जनाको समूहले घारिलाे हत्यार प्रहार गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरू फरार रहेका छन प्रहरीले खोजी कार्यलाइ तीव्ररुप दिएकाे छ । प्रहरीले कानून विपरीत कार्य गरेको आरोपमा २१ जना पक्राउ गरेको छ । उनीहरूको साथबाट कट्टी, खुकुरी, बञ्चरोलगायतका हतियार बरामद गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।

त्यसै गरेर धरान–७ स्थित शान्तिपथमा पनि युवा समूहबीच झडप भएको थियो । त्यहाँ पनि प्रहरीले केही युवालाई नियन्त्रणमा लिएको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest