समाजको सबैखाले समस्याको समाधानमा उज्यालो समाज
धरान स्थित होटेल रत्न इनमा उज्यालो समाजको परिचयत्मक कार्यक्रम सम्पन्न भएको छ । संस्थाको अध्यक्ष विप्लव राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको उद्देश्य र संस्थाले सम्पन्न गरेको कार्यपत्र पेश गरिएको थियो । कार्यक्रमा संस्थाका उपाध्यक्ष वलराम रानाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा संस्थाका प्रवक्ता मिलन राईले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।
समाजको नागरिक भइ सके पछि समृद्ध समाजको लागि हाम्रो दायित्व बन्न आउँछ । उज्यालो समाजले यहि संस्था भित्र मात्र खुम्चिएर काम गर्ने हैन यहि कुनै पनि समाजले समाजको लगि कुनै पनि किसिमको कार्य गर्दैछ भने त्यो कार्यमा उज्यालो समाजले सहकार्य गरि उक्त कार्यलाई बृहत रुप दिन सहयोग गर्नेछ । यसै क्रममा प्रवक्ता राईले थपे समाजमा भएको विकृति र विसंगती समस्यालाई कसरी हल गर्न सकिन्छ भन्ने विषयमा पनि विभिन्न सम्बन्धित निकाय सँग सहकार्य गरि समस्यालाई निर्मुल रुपमा समाधान गर्ने योजना छ । जस्तै कुलतमा फसेका युवायुवतीहरुलाई कुलतबाट पुर्णरुपमा मुक्त गराई विभिन्न व्यवसायमुलक तालिम दिइ आत्मानिर्भर बनाउन राज्यसँग सहकार्य गर्ने योजना छ । विषेश गरेर हामिले स्वस्थ्य क्षेत्रलाई नै जोड दिएर स्थापना कालदेखी अहिले सम्म विभिन्न गतिविधि सम्पन्न गरेका छौ ।
परिचयात्मक कार्यक्र भएता पनि उपस्थित सदस्य तथा अतिथिहरुको जिज्ञासा माथि पनि प्रकाश पार्ने कार्यक्रम भएको थियो । जिज्ञासुहरुको कुरालाई प्रस्ट्याउदै कार्यक्रममा संस्थाका उपाध्यक्ष रानाले संस्थाको उद्देश्य, आज सम्म सम्पन्न कार्य र संस्थाको भावि योजनाको बारेमा प्रकाश पारेका थिए । समाज हुने सवैखाले समस्याहरुलाई समाधानको लागि संस्थाको प्रमुख उद्देश्य रहेको बताए । गत भदौ २ गते संस्थाको जन्म दिनको अवसर बनाई भानुचौकमा रक्तदान कार्यक्र भव्यताका साथ सम्पन्न भएको थियो । त्यसै गरेर गत माघ २ गते देखि ५ दिने स्वास्थ्य शिविर पनि सम्पन्न भएको थियो ।
सामाजिक अभियान्ता तथा कलाकार प्रेशिका निरौलाले सञ्चालन गरेको कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष विप्लव राई संस्थाकै उद्देश्य र भावी योजनाको बारेमा प्रकाश पार्दै कार्यक्रम समापन गरेका थिए ।
