शान्ता राईलाई एकलाख बराबरको सहयोग प्रदान

मिलन चाम्लिङ/धरान
भोजपुर घरभै हाल धरान ११ बस्दै आएको वैदेशिक रोजगारक्रममा घरेलु हिंसामा परि अंगभंग भएर फर्किएको महिला शान्ता राईलाई अन्तरास्ट्रिय हरियाली मञ्च सास्कृतिक समुहले रु एक लाख बराबरको चार वटा सिलाइ मेसिन कैँची धागो ब्यानर सहयोग गरेको छ ।

आज एक कार्यक्रम बिच अन्तर्राष्ट्रिय हरियाली मञ्चका राजदुत बिशाल राईको प्रमुख आथित्यमा सिलाइ मेसिन प्रदान गरिएको हो ।

उक्त सहयोग कार्यक्रममा बोल्दै समुहको अध्यक्ष कुमारी नाछिरिङले आगामी दिनहरूमा पनि अझ थप सहयोग जुटाएर सहयोग प्रदान गर्ने बताए ।

सहयोगमा जिविकोपार्जन मुलक मेसिन उपलब्ध गराइदिएको खुसी बव्यक्त गर्दै जिविकोपार्जन गर्न केही सहज भएको महसुस गरेको बताएका छन ।

वैदेशिक रोजगारीको शिलशिलामा दलाल मार्फत घरेलु कामदारको रुपमा इराक पुगेकि शान्ता मालिकबाट नै शारीरिक तथा मानसिक यातनासंगै मालिकको कुटपिटबाट ढाँडको मेरुदण्ड र खुट्टामा भाचिएको अवस्थामा केही समय अगि नेपाल फर्किएको थिए । हाल पीडितको ढाडमा र खुट्टामा स्टिल लगाएको छ भने राई एकल महिला हुन राइको एक छोरी छिन । उपचाररत अवस्थामा नै रहे पनि आफै आत्मनिर्भर बन्नको लागि सिलाइ कटाइ प्रशिक्षण लिएको बताए ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest