जीआइसीमा कविता कार्यक्रम सम्पन्न

आउ मलाइ माया गर भन्नु हुन्छ वाहाँ
नडराइ नजिक सर भन्नु हुन्छ वाहाँ
घरमा छन छोराछोरी श्रीमती पनि
तिम्रो माया लाग्छ तर भन्नु हुन्छ वाहाँ

कबि तथा साहित्यकार शकुन आँशुको यो गजल वाचन गर्दै पोडियममा उपस्थित भइन जीआइसी सास्कृतिक समुहकी सचिब तथा गायिका गोमा कुलुङ । धरान स्थित किराया भवनमा कविताका पारखीहरु कार्यक्रम हलमा सवै आप्mनो आप्mनो धुनमा थिए । कार्यक्रम सञ्चालिका गोमाले यो गजल वाचन गर्दा भने सवै उपस्थित व्यक्तित्वहरुको ध्यान कार्यक्र तिर सोझिएको थियो । प्रसंग हो भख्ररै सम्पन्न जीआइसीमा कविता–१ कार्यक्रमको । जीआइसी सुनसरीको संयोजकत्व, जीआइसी सांस्कृतिक समुहको मुल आयोजना र कालकुट सहित्यिक मञ्च धरान सुनसरीको सह–आयोजनामा उक्त कार्यक्र सम्पन्न भएको हो ।

कार्यक्रममा अनुहारका भीड भित्रका केही अनुहारहरु कविता संग्रहका कविहरुको कविता वाचनका साथै उक्त कविता संग्रह माथि पनि साहित्यिक विमर्श गरिएको थियो । कार्यक्रममा प्रमुख बक्तहरु वरिष्ठ कविद्धय मनु मन्जिल र सन्तोष थेबे रहेका थिए । कविता वाचनका लागि अनुहारका भीड भित्रका केहि अनुहारहरुका कवि त्रिमुर्ति विनय सरगम, सम्पदा रिजाल र मनोज कुश्किलको उपस्थित रहेको थियो ।

कार्यक्रमलाई ३ चरणमा खण्डिकृत गरिएको थियो । कार्यक्रमका पहिलो चरण कविता वाचन दोश्रो चरण सहित्यिक विमर्श र तेश्रो चरणमा पनि कविता वाचन रहेको थियो । जीआइसी सुनसरीकी अध्यक्ष कुमारी नाछिरिङ राईको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रमा जीआइसीका मेम्वर मिलन चाम्लिङले स्वागत मन्तव्यबाट कार्यक्रमले पहिलो चरणको मेसो बसाएको थियो । जीआइसीका मेम्वर दिपेश इशाराले कविता वाचन गरेर कार्यक्रमको सुरुवात भएको थियो । लोकल कविहरुको कविता वाचनको माँझमा रोल्पाकी कवि संगीत मगरले पनि आप्mनो कविता वाचन गरेकि थिइन । धरानकै लोकल कविहरु प्रदिप योङहाङ, बालकुमारी गुरुङ, मनी राई गोठाले, प्रमिला वान्तवा राई, कुमार प्रधान, सुरज हुक्पा चोङ्वाङ ले कविता वाचन गरेका थिए ।

कार्यक्रमको दोश्रो चरणमा साहित्यिक विमर्शमा वरिष्ठ कविद्धय मनु मन्जिल र सन्तोष थेवेको विचार विमर्श राखिएको थियो । उक्त चरणको कार्यक्रमलाई कवि प्रदिप योङहाङले सहजीकरण गरेका थिए । विमर्श कार्यक्रममा अनुहार भीड भित्रका केही अनुहारहरु कविता संग्रह माथि साहित्यिक बहस गरिएको थियो ।

कार्यक्रमले अन्तिम रुप लिदै गर्दा अर्थात तेश्रो चरणमा प्रवेश गर्दा कार्यक्रमका आकर्षक व्यक्तित्वहरु कवि मुन मन्जिल र सन्तोष थेवेको कविताको मागले हल गुञ्जिएको थियो । कार्यक्रमको माहोलाई नियन्त्रण गर्दै अनुहार भिड भित्रका केहि अनुहार कविता संग्रहका कविहरुको कविता वाचन र केहि लोकल कविहरुको कविता वाचन पश्चात कवि मनु मन्जिल र सन्तोष थेवेको कविता वाचन सँगै कार्यक्रमले अन्तिम रुप लिएको थियो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest