चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार

मिति २०७६ जेठ ०१ गते बुधवार बसेको संघको कार्यसमिती बैठकले चलचित्र पत्रकारिता दिवसको अवसर पारेर प्रदान गरिदै आएको राष्ट्रिय सम्मान तथा पुरस्कार सम्बन्धी निर्णय गरेको छ । संघले यसबर्ष चलचित्र पत्रकारितामा लामो समयदेखी क्रियाशिल रहि अतुलनिय योगदान दिनुभएका दुईजना पत्रकारलाई ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान’ प्रदान गर्ने भएको छ । बैठकले चलचित्र पत्रकार संघ नेपालका सदस्य तथा इमेज एफएम र हिमालय टेलिभिजनमा कार्यरत नरेश भट्टराई र संघका सदस्य तथा भिजनसंसार डटकमका सम्पादक श्याम स्मृतलाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान प्रदान गर्ने निर्णय गरेको छ । चलचित्र पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै भट्टराई र स्मृतलाई सम्मान गर्न लागिएको हो ।

यसैगरी संघका पूर्व कार्यसमिती सदस्य तथा रातोपाटी डटकममा कार्यरत कुवेर गिरी र संघकी पूर्व कार्यसमिती सदस्य तथा एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । चलचित्र पत्रकारितामा देखिएको सक्रियता र योगदानको कदर गर्दै गिरी र थापालाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कार स्वरुप नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्रदान गरिनेछ ।

FJA-Nepal-Samman-Puraskar

त्यस्तै बैठकले संघका सदस्य तथा मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । चलचित्र पत्रकारितामा सक्रिय भएको छोटो अवधिमै फोटो पत्रकारका रुपमा स्थापित विनोदलाई प्रोत्साहन स्वरुप पुरस्कार दिन लागिएको हो । प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहनेछ ।

चलचित्र पत्रकार संघ नेपालले जेठ ०७ गते २०औँ स्थापना दिवसको अवसर पारेर आयोजना गर्ने भव्य कार्यक्रममा यी सम्मान तथा पुरस्कार प्रदान गरिनेछ ।

Facebook Comments

Hy, I’m Gokul & thank you for viewing my post. Please send me email if you have any suggestions and feedback.

Gokul Karki

Hy, I'm Gokul & thank you for viewing my post. Please send me email if you have any suggestions and feedback.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest