मेलिना र भिटेनले धरानलाई २ घण्टा नन्स्टप नचाए

हिजो धरानमा सातभिक मनोरञ्जन धमाका भव्यरुपमा सम्पन्न भएको छ । धरान १२ स्थित पब्लिक स्कुलको प्रांगाणमा सम्पन्न कार्यक्रममा चर्चित गायिका मेलिना राई र चिरपरिचित ¥यापर भिटेनको प्रस्तुति रहेको थियो ।

पब्लिक स्कुलको प्रागाणमा निकै खचाखच दर्शकहरुमाझ सम्पन्न कार्यक्रमलाई इक्शा मादेनले कार्यक्र सञ्चान गरेकि थिइन । निर्धारित समय भन्दा केही समय ढिला सुरु भएको कार्यक्रममा दर्शकहरुको धैर्य तुरिनै लागेको बेला इक्शाको कार्यक्रम सञ्चान खुबिले माहोल सन्तुलनमा आएको थियो ।

प्mलोर बाट दर्शकहरुको मेलिना र भिटेनको हुटिङमा गुञ्जिएको थियो । पछिल्लो समय पोखराको कार्यक्रममा भिटेन माथिको प्रकरण कतै धरानमा पनि होलाकी भन्ने ध्येयले आयोजकले सुरक्षा व्यवस्था भने निकै कडा गरिएको थियो ।

कार्यक्रमको २ आकर्षण मध्येबाट पहिलो प्रस्तुतीमा मेलिना राई स्टेजमा उत्रिएकी थिइन । मेलिनाले नन्स्टप लगभग १ घण्टा दर्शकहरुलाई नचाइन । मेलिना स्टेजमा उत्रिए देखि त्यो भिड असिनपसिन नै भएको थियो । तर थकान भने कति पनि देखिएको थिएन । कार्यक्रमको अन्त्यमा भिटेनले पनि भरपुर मनोरञ्जन दिएर विदा भए ।

यी दुइ चर्चित कलाकारसँग नन्स्टप लगभक २ घण्टा दर्शक नाचेको उक्त कार्यक्रमलाई सिल्भर इन्टरटेन्डमेन्टले आयोजना गरेको थियो भने सातभिक क्वालिटी कुकिजले प्रमुख आयोजना गरेको थियो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest