प्रत्यक्ष रक्तदान कार्यक्रममा उज्यालो समाज

धरानस्थित उज्यालो समाज संस्थाले दोश्रो बार्षिक उत्सवको छेक पारेर यहि भाद्र ७ गते शनिबारको दिन प्रत्यक्ष सम्पर्क रक्तदान कार्यक्रम आयोजना गर्दैछ । उक्त कार्यक्रम धरानको मुटु भानुचौकमा बिहान ८ बजे देखि आयोजना गरिने संस्थाले जानकारि गराएको छ । संस्थाका प्रवक्ता मिलन राईका अनुसार प्रत्यक्ष सम्पर्क मार्फत ताजा रगत उपलब्ध गराउनका निमिक्त प्रत्यक्ष सम्पर्क रक्तदान कार्यक्रमको अवधारणा ल्याइएको हो । यसै गरि उक्त कार्यक्रमको दिन प्रत्यक्ष रक्तदानमा सहभागीले नाम टिपाइ आफ्नो स्वास्थ्य जाँच गर्न सकिन्छ ।

प्रदेश नं. १ मै पहिलो पल्ट यस किसिमको कार्यक्रम भएको प्रवक्ता राई दावी गर्छन । यसै माँझ राईले थपे कुनै केसमा मानिसलाई ताजा रगतको आवाश्यक पर्ने भएकोले रक्तदाताहरु खोजी गर्नु धेरै नै अभ्यास गर्नु पर्ने र अभ्यास गर्दा गर्दै ढिला भइ विरामीले ज्यान गुमाइ सक्ने अवस्था कयौ सृजना भएका छन उक्त समस्यालाई सहज किसिमले हल गर्ने हेतुले पनि यो कार्यक्रमको आवाश्यक देखिएकोले हामि बाट सुरु गरेका हौँ । सरसर्ती भन्ने नै हो भने रगतलाइ हामीले लाइभ स्टक राख्ने हाम्रो उद्देश्य हो ।

भर्खरै रक्तदान गरेका व्यक्तिले पनि उक्त कार्यक्रममा सहभागी हुन सक्ने बताइएको छ । उक्त दिन रक्तदाताहरुको रगत स्याम्पलिङ मात्र लिइने छ । उक्त स्याम्पलिङ रक्तदाताहरुमा रगतको ग्रुप र रगतमा हुने तत्वको मात्राहरु छुट्याइने छ । कतिपय विरामीहरुमा रगतमात्र नभएर रगतमा हुने तत्वहरुको मात्राको पनि अत्यावाश्यक पर्ने भएको उक्त जाँचको आवाश्यक गरिने हो । हाम्रो उद्देश्य आवाश्यक परेको बेला विरामीलाई तत्काल रगत उपलब्ध गराउनु मात्र नभएर विरामीको प्रकृति अनुसारको रगत उपलब्ध गराउने पनि हो । हामि सँग सम्भव भए सम्म चाहिएको मात्रामा रगत प्रयोगमा ल्याउने हो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest