मारेके याक्खा भाषाको वर्ण निर्धारण कार्यक्रम सम्पन्न

याक्खा समुदायभित्र अन्यौलमा रहेको मारेके भाषाको आज प्रदेश नँ १ धनकुटामा एक कार्यक्रमका साथ वर्ण निर्धारण गरिएको छ । भाषा आयोग शङ्खमुल ,काठमाण्डौको आयोजनामा मारेककटहरे, जितपुर र आन्दु«ङमा बसोबास गर्ने याक्खाहरु र भाषा आयोगकका सचिव लक्ष्मि प्रसाद भट्टराई , भाषाबिद प्रा डा माधव प्रसाद पोख्रेल, भाषा आयोगका उपसचिव भरतराज त्रिपाठी, नेपाल सरकारका उपसचिव झुम प्रसाद राई, भाषाविद निराजन बतास र किराँत याक्खा छुम्माका केन्दि«य अध्यक्ष लिल बहादुर रोगु लगायतको छलफलले हाललाई व्यञ्जन वर्ण १८ वटा र स्वर वर्ण ५ वटा निर्धारण गरिएको छ ।

कार्यक्रममा मारेककटहरे, जितपुर र आन्दु«ङमा बोलिने याक्खा भाषा सँखुवासभा लगायतका ठाउमा बोलिने याक्खा भाषा भन्दा फरक रहेको बिषयमा छलफल गरि निश्कर्ष निकालिएको थियो । यो कार्यक्रले सँकटमा भएको भाषालाई बचाउने काम भएको किराँत याक्खा छुम्माका केन्दि«य अध्यक्ष लिल बहादुर रोगुले बताउनु भएको छ । अतिथीहरुलाई मायाको चिनो समेत प्रदान गरीएको किराँत याक्खा छुम्मा धनकुटाकी कोषाध्यक्ष जोगमाया लुम्बाले जानकारी दिनुभयो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest