काबुलमा बम विस्फोटबाट मारिएका थापाको आज अन्त्यष्टि

अफगानिस्तानको काबुलमा एक साताअघि बम विस्फोटमा मारिएका कृष्णबहादुर थापाको आज चितवनमा अन्त्येष्टि गरिएको छ।

चितवनका थापा र रोल्पाका चन्द्र पुनको शव आज बिहान काठमाडौँ ल्याइएपछि गृह मन्त्रालयको व्यवस्थापनमा हेलिकोप्टरबाट थापाको शव चितवन ल्याइएको परिवारले जानकारि दिएका छन । पुनको शवलाई अर्को हेलिकोप्टरले रोल्पा लगिएको श्रोतले जनाइएको छ ।

मृतक थापाको बहिनी सावित्री अधिकारीका अनुसार चितवन क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा सदस्यसमेत भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा शव नेपाल झिकाइएको हो ।

गत साता अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा भरतपुर महानगरपालिका–२१ का थापा र रोल्पाका पुनले ज्यान गुमाएका थिए ।

थापाका बाबु आमा, श्रीमती र दुई छोरा रहेका छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest