बगरकोट लोकदोहोरी साँझ लाउन्ज एण्ड बार संचालनमा

शिशिर राई,
धरान (२०७६-०६-१५) – धरानको बगरकोटमा नै पहिलो पटक बगरकोट लोकदोहोरी साँझ लाउन्ज एण्ड बार संचालनमा आएको छ । धरान १५ का अध्यक्ष नरेश इवारमले रिबन काटेर उक्त लाउन्जको मंगलबार उद्घाटन गरेका छन् । विहान १० बजेदेखि राती साढे १० बजेसम्म संचालन हुने उक्त लाउन्जको असोज २१ गतेसम्म उद्घाटन समरोह रहनेछ ।

उद्घाटनको अवसरमा सबै सेवाहरूमा १० प्रतिशत छुट रहेको लाउन्जका व्यवस्थापक शुक्र मेन्याङ्बोले जनाए । पूर्ण पारीवारीक वातावरण तथा सुरक्षाको पूर्ण प्रत्याभुति रहेको उक्त लाउन्जमा साँझ ६ बजेदेखि साढे १० बजेसम्म पूर्वेली तथा पश्चिमेली लोक भाकाहरूको प्रस्तुति उनले बताए । यहाँको विशेष गरी माछाको परीकार, पिज्जा साथमा मालिक परीकार साथमा अर्डर अनुसार सबै प्रकारको खानेकुरा पाइने उनले बताए । बगरकोट भरी सबै भन्दा सस्तो दरमा सबै प्रकारको पेय पर्दाथ समेत उपलब्ध रहेको मेन्याङ्बोले खुलाए ।

१ कठ्ठा १५ धुर क्षेत्रफल रहेको यस लाउन्ज १० लाखको लागतमा सुरू गरीएको लाउन्जका प्रबन्ध निर्देशक नरेन्द्र इवारमले बताए । १२ जना संचालकहरूको साझेदारीमा सुरू भएको यस लाउन्जको संस्थापक अध्यक्ष तथा संरक्षक अकलबहादुर मेन्याङ्बो रहेका छन । हाल ३२ जना कर्मचारी र ७ जना कलाकारहरू यहाँ कार्यरत रहेका छन । सुरक्षाको लागी सिसि क्यामेरा, सुरक्षा गार्ड र बाउन्सर रहेकोले पूर्ण सुरक्षा हुने कुरामा इवारमले विश्वास दिलाए । नियतित रूपमा ७ जना कलाकारहरूले लोकदोहोरी प्रस्तुत गर्ने र विभिन्न अवसरहरूमा राष्ट्रिय कलाकारहरूको प्रस्तुती समेत राखिने उनले बताए । लाउन्जमा कोषाध्यक्ष अमित गुरूङ, क्याटरिङ म्यानेजर सम्भु राई, बार म्यानेजर मासम गुरूङ, बिबिक्यु हेड सावन राई, लिकर हेड कमल कार्की, स्टाफ म्यानेजर देवेन्द्र राई, प्रशासनमा सूर्य राई र संचालन टिममा देवेन्द्र लिम्बु र भक्त राई रहेका छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest