हङकङमा प्रहरी र प्रदर्शनकारीबीचको झडपमा १५ जना घाइते

हङकङमा प्रहरी र प्रदर्शनकारीबीच भएको हिंस्रक झडपका क्रममा १५ जना घाइते भएका छन् । एक प्रदर्शनकारीले प्रहरीमाथि लठ्ठी प्रहार गरेपनि प्रहरीले उनलाई छातीमा गोली प्रहार गरेका थिए । सो लगत्तै दुवै पक्षबीच हिंस्रक झडप भएको बीबीसीले उल्लेख गरेको छ ।

यसअघि पनि चीनको शासन व्यवस्थाबिरुद्ध प्रदर्शनकारी सडक संघर्षमा उत्रिएका थिए । हिजो चीनले आफ्नो ७० औँ वर्षगाँठ मनाइरहँदा सो घटना घटेको हो ।

यसैबीच त्यहाँ जारी तनाव मत्थर पार्न प्रहरी र प्रदर्शनकारी दुवै पक्षलाई संयमित हुन यूरोपेली संघ इयूले आग्रह गरेको छ । इयूले हङकङमा जारी तनाव र हिंसाव्यवस्थापन गर्न संवाद गर्नु र संयमित बन्नुको विकल्प नरहेको जनाएको छ । पछिल्लो समय हङकङको राजनीति र समाजमा पनि चीनको प्रभाव बढ्दै गएपछि त्यहाँ विरोध प्रदर्शन हुँदै आएका छन् ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest