चीनमा कम्युनिष्ट शासन स्थापनाको ७० वर्ष पूरा (भिडियाे)

एजेन्सी, चीनमा कम्युनिष्ट शासन स्थापनाको ७० औँ वर्षगाठ भव्यताका साथ मनाउँदैछ । चीनको राजधानी बेइजिङको तियानमेन स्क्वायरमा विशाल सैन्य परेड आयोजना गरिएको छ । रक्षा मन्त्रालयका अनुसार परेडमा १५ हजार सेनाले भाग लिएका छन् । सो अवसरमा १ सय ५० वटा जहाज उडाइनेछ ।

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा रहेका ८ हजार चिनियाँ सैनिकले पनि पहिलो पटक परेडमा भाग लिएका छन् । दिवसको अवसरमा चीनले अत्याधुनिक हतियार र लामो दुरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्र समेत प्रदर्शन गर्दैछ । चीनमा सन् १९४९ अक्टोवर १ मा माओत्सेतुङको नेतृत्वमा जन गणतन्त्रको स्थापना भएको थियो ।

१९६६ देखि ७६ सम्म सांस्कृतिक क्रान्ति चलेको चीनमा १९७७ मा देङ्ग सियायोपिङ्गले चीनको अर्थतन्त्रमा मुख्य सुधारको पहल गर्नुभएको थियो । विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चिनले पछिल्लो समय भने उदारबादी अर्थतन्त्रलाई अंगालेको छ ।

यस्तै चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीले बर्तमान राष्ट्रपति सी जिनपिङ्गलाई शक्तिशाली अधिकार सहित आजिवन राष्ट्रपति हुन सक्ने व्यवस्था गरेको छ । चिनियाँ शैन्य दिवसका अवसरमा विभिन्न ९७ मुलुकका १ सय ८८ मिलिटरी एट्याचीको पनि सहभागिता हुने जनाइएको छ ।

७० औँ वर्षगाँठको अवसरमा चीनले गत आइतबार विश्वमै उदाहरणीय कार्य गर्ने देशभित्रका र विदेशी प्रतिष्ठित व्यक्तित्वलाई पदक एवं मानार्थ उपाधिले सम्मान समेत गरेको थियो ।

भिडियाे

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest