निवर्तमान सभामुख महरालाई भोलि अदालतमा पेश गरिने

यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई भोलि अदालतमा पेश गरिने भएको छ । थुनामा राखेर थप अनुसन्धान गर्न म्याद थपका लागि महरालाई जिल्ला अदालत काठमाडौंमा हाजिर गराउन लागिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिनुभयो ।

जिल्ला अदालत काठमाडौंले गत १९ गते पक्राउ पूर्जी जारी गर्दै महरालाई पक्राउ गर्न बाटो खोलेको थियो । त्यसकै आधारमा सभामुख निवास वालुवाटारबाट प्रहरीले महरालाई पक्राउ गरेर हिरासतमा राखेको छ । महरालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेपनि दसैं बिदा र विभिन्न सार्वजनिक बिदाका कारण अदालत उपस्थित सकिएको थिएन ।

प्रहरीले आज महरालाई अदालत लैजाने तयारी गरेपनि देशैभरका अदालत बन्द भएपछि भोलि अदालत हाजिर गर्न लागिएको जनाएको छ । पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा मुलुकभरका अदालत आज बन्द गरिएको छ ।

अहिले महरा नर्भिक अस्पतालमा उपचाररत छन् । हिरासतमै रहदा श्वासश्वासमा समस्या तथा रक्तचाप बढेपछि महराको गत बिहिबारदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार जारी छ । नियमित स्वास्थ्य परिक्षण भनिएपनि मधुमेह बढेको र मुटुको चालमा पनि समस्या देखिएकोले भर्ना नै गर्नुपरेको अस्पताल श्रोतले जनाएको छ । अस्पतालबाटै महरालाई अदालत लगिने एसएसपी सुवेदीले बताउनुभयो ।

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई यौन हिंसा एवं बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले महरालाई गत १९ गते पक्राउ गरेको थियो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest