प्रदेश प्रमुखहरु पदमुक्त

सातै प्रदेशका प्रदेश प्रमुखहरु पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी सात वटै प्रदेशका प्रमुखहरुलाई पदमुक्त गरेकाे हो ।

संविधानको धारा १ सय ६५ को उपधारा १ को खण्ड ख बमोजिम प्रदेश १ का प्रमुख गोविन्दवहादुर तुम्बाहाङ, २ का रत्नेश्वर लाल कायस्थ, प्रदेश ३ का अनुराधा कोइराला, गण्डकी प्रदेशका बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदुरपश्चिम प्रदेशका मोहनराज मल्ललाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्को आजै बसेको बैठकले सबै प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो । उनीहरुलाई शेरवहादुर देउवा सरकारले २०७४ साल माघ ३ गते प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest