दिवंगत मेयर तारा सुब्बा पत्नी ईन्दु राई (सुब्बा) नेकपा लाई जिताउन हङ्गकङबाट धरान आईपुगिन

नेपालमा अहिले उपनिर्वाचनका तकझक बढ्दो रहेको छ । विषेश गरेर धरानमा उक्त निर्वाचनले भने उच्च चर्चा पाइरहेको छ । स्थानिय तह अन्तर्गतको २ पद रिक्त रहेको नगर रहेकोले पनि यो उप निर्वाचनको चर्चामा रहेको निर्वाचन क्षेत्र हो । १ वडा अध्यक्ष र मेयरको पद रिक्त रहेको धरान उप–महानगर पालिकामा मेयरको लागि ७ प्रत्यासी सतहमा उत्रिएका छन ।

नेकपाबाट प्रकाश राई, कांग्रेसबाट तिलक राई, समाजवादी बाट गजेन्द्र इस्बो, लिम्बुवानबाट अमर इजम, स्वतन्त्रबाट हर्क साङ्पाङ, साझा बाट, जनमुक्तिबाट गरि ७ प्रत्यासि उत्रिएका छन । यी त भए सतही चर्चाका उम्मेद्धार । यहाँ रोचक त दिवंगत मेयर तारा सुब्बा धर्मपत्नी इन्दु राईको स्वतन्त्र उम्मेद्धारको कुराले भने विषेश सामाजिक सञ्जालमा ठाउँ पाएको थियो । श्रीमती राईले उम्मेद्धार दिने नदिने टुङ्गो नलागे पनि सामाजिक सञ्जालमा भने भाइरल समाचार थियो । दिवंगत मेयर पत्नी इन्दुको स्वतन्त्र उम्मेद्धार जस्ता बाइलाइनहरु राष्ट्रि दैनिकहरुमा समेत ट्रेण्डिङको समाचार थिए ।

उपनिर्वाचनको उम्मेद्धार मनोनयन दर्ताको संघारमा पुगिसक्दा पनि इन्दुको उम्मेद्धारको विषयमा सत्य तथ्य नखुले जनचासो आकाशिएको थियो । तर सो जनचासोले आज बेलुकी नै निराकरण पाएको छ । धरानको नेकपाको चुनाव प्रचार प्रसार आधिकारिक फेसबुक पेजमा इन्दुको उम्मेद्धार निराधार हल्ला रहेको खुलाउदै भोली प्रकाश राईको मनोनयनमा प्रस्तावक भएर जाने भनिएको छ । नेकपा धरान नगर कमिटिका एक सदस्यले भने इन्दु हङकङ बाट चुनाव लड्नु आउनु भएको हैन वहाँ नेकपालाई चुनाव जिताउन आउनु भएको हो । उनले थपे यस उपनिर्वाचनमा वहाँ अविभावकको रुपमा आउनु भएको हो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest