प्रतिपक्षलाई २०४८ सालयताको हिसाबको फेरिस्ता बताउछौं – सांसद राई

संघीय संसद जयकुमार राईले प्रतिपक्षले धरानमा विकास भएन भनेर गलत प्रचार गरिरहेको जिकिर गरेका छन् । आगामी मंसिर १४ गते धरानमा पनि हुन लागेको मेयरको उप–निर्वाचनको प्रचार–प्रसारको क्रममा मंगलबार धरान–१३ स्थित फुस्रे चोकमा भएको चुनावी कोण सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । निर्वाचन क्षेत्र नम्बर १ का संसद एबंम नेकपाको नेता समेत रहेका संसद राईले २०४८ सालयताको सबै हिसाब किताब प्रतिपक्षलाई दिने बताए । ‘प्रतिपक्षले हिसाब किताब खोज्दै हुनुहुन्छ, पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको पालादेखी यता हामीले यस क्षेत्रको जनताको मत लिएपछि हामीले के–के गर्यौ सबै हिसाबको फेरिस्ता बताइदिन्छौं’ संसद राईले भने ‘हामीलाई केही गरेन भनेर झुटको प्रचार गरिएको छ ।’ उनले थपे ‘के हामीले विकासको कामै गरेका छैनौं त ? ’उनले तत्कालिन एमालेका नेता एबंम पूर्व–प्रधानमन्त्री मनमोहन अधिकारीको पालादेखी यता कम्यूनिष्टले निरन्तर जित्दै आएको धरानमा धेरै विकासको काम भएको दाबी गरे ।

उनले प्रतिपक्षले विरोधको लागि विरोध मात्र गर्न जानेको बताउदै धरानमा विकास कति भएको छ त्यो धराने जनताले मुल्याङकन गरेकै कारण नेकपा जनमत धरानमा कायम रहेको बताए । धरानलाई जनसहभागीताको सहरको रुपमा परिचित गराउने नेकपाले नै गरेको बताउदै धराने जनतालाई सबै थाहा भएकोले अब यसको जवाफ दिने बेला आएको बताए । ‘हामीलाई विकास भयो भएन सबै थाहा छ, अब हामीले जवाफ दिने बेला आएको छ ।’ उनले भने । धरानको सभागृह, घण्टाघर, सप्तरंगी पार्कलगायत सबै कम्यूनिष्टहरुकै नेतृत्वमा निर्माण भएको समेत बताए ।उनले धरानमा ५ वर्षको लागि जनमत नेकपाको पक्षमा आएको तर अकल्पनीय रुपमा मेयर तारा सुब्बाको निधन भएको कारण उपनिर्वाचनमा आउनु परेको बताउदै मेयर सुब्बाको अधुरा विकासको योजनालाई पूरा गर्नको लागि मेयरका प्रत्यासी प्रकाश राईलाई जिताउन मतदाता समक्ष अपिल समेत गरे ।उनले अहिले पनि धरानमा नेकपाको पक्षमा जनमत भएको दाबी गदै सहज रुपमा प्रकास राईले विजयी हासिल गर्ने दाबी गरे ।

उनले प्रतिपक्षले धरानमा आफुहरुलाई लौरोको संज्ञा दिएको प्रति घुमाउरो तरिकारले उनले भने ‘प्रतिपक्षले हामीलाई लौरोको संज्ञा दिनुभएको छ, तर लौरो कस्तो व्याक्तिलाई चाहिन्छ, बृद्ध, असहायलाई चाहिन्छ हामी उहाँहरुको नै पार्टी हो, हामीलाई त्यो शब्द स्विकार्य छ ।’ पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको एमालेको ९ महिने सरकारले जेष्ठ नागरिक भत्ता शुरुवात गरेको थियो । त्यही भत्ता बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेकपाको सरकारले १ हजार बृद्धि गरेर ३ हजार पु¥याएको छ । त्यसैले, पनि नेकपा बृद्धबृद्धा, असहाय, एकल महिलालगायतको नजरमा लोकप्रिय बन्दै आएको छ । उनले तीनै तहको सरकारको नेतृत्व नेकपाको भएको र विकासको काम पनि उल्लेख्य मात्रामा भएको बताए ।

उनले धरानलाई पर्यटनको क्षेत्रबाट विकास आयाम थप्ने उपमहानगरको योजना अनुसार धरान आसपासको क्षेत्रसंग कनेक्टीभिटी गराउन सडक सञ्जालको विकास गर्न लागिएको समेत बताए । ‘मोरङको केराबारी, धनुकटाको राजारानी र रामधुनी, उदयपुरसंग धरानलाई जोड्ने हाम्रो योजना हो, अब त्यो काम अगाडी बढ्छ ।’धरानलाई मृत सहरको रुपमा प्रचार गरेको प्रति तिब्र आलोचना गदै उनले धरान अन्य शहरको तुलनामा समृद्ध रहेको दाबी गरे । उनले सोही प्रशंगमा धरानको फुस्रे कुनै समय पूर्वाञ्चलको व्यापारीक केन्द्रको रुपमा परिचित रहेको बताउदै अब फेरी त्यही अवस्थामा फर्काउनको लागि सर्दुखोलामा पार्क निर्माण गरिरहेको बताए । ‘फुस्रे कुनै समय पूर्वाञ्चलको व्यापारीक सहर थियो, निकै गुल्जार थियो, तर अहिले त्यो छैन तर अब यस क्षेत्रमा सर्दुखोलामा दार्जिलिङको जस्तो रक गार्डेन बनाउने पार्कको रुपमा विकास गर्ने सोच अनुसार काम भइरहेको छ’ उनले भने ‘फुस्रे चोकमा वीपी पार्क लेखिएको बोर्ड राखिएको छ हो यसैको लागि हामीले बजेट विनियोजन गरिरहेका छौं ।’ श्राेत :औजार

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest