धरानमा नवनिर्वाचित मेयर तिलक राईले गरे पदभार ग्रहण, पहिलो निर्णय – कर पुनरावलोकन

धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तिलक राईले आज उनको पदभार ग्रहण गरेका छन । उनले आज दिनको ठिक १२ः३० बजे पदभार ग्रहण गरेका हुन । नवनिर्वाचित मेयर राईले पदभार ग्रहण गर्नु पहिले धरान १६ स्थित गणेशमान चौकको गणेशमान सिंहको सालिकमा माल्यार्पण गरेका थिए । यसका साथै धरान वडा नम्बर १९ स्थित हरियाली सामुदायिक वन परिसरमा रहेको पूर्व मेयर स्व. तारा सुब्बाको सालिकमा पनि माल्यार्पण गरेका थिए । उनको यो अग्रज प्रतिको सम्मान हो ।

पदभार ग्रहण पछि नवनिर्वाचित मेयर राईले धरान उपमहानगरपालिकाको करको विषयमा उठेको जनताको असन्तुष्टलाई सम्बोधन गरेका छन । आगामी नगरपरिषदमा कर समायोजनको विषय लगि कर समायोजन गर्ने पहिलो निर्णय गरेका छन ।

नविनिर्वाचित मेयर राईले पदभार ग्रहण गर्दै गर्दा आफुले पार्टी र व्यक्तिगत एजेण्डा नभएर समग्र धराने जनताको एजेण्डा लिएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन । हिजो मात्रै नेकपा निर्वाचन परिचालन कमिटिले कर समायोजन गर्न संसदीय समितिलाई दिएको निर्देशनलाई पनि सम्बोधन गर्दै पार्टीलाई धन्यवाद व्यक्त गरेका छन ।

नवनिर्वाचित मेयर राई बोल्दै स्थानिय तहमा कुनै सत्ता पक्ष र प्रतिपक्ष नहुने र दलगत एजेण्डा भन्दा माथि उठेर जनताको काम गर्ने बताएका छन । यसै बिच उनले निष्ठा र इमान्दारीतापुर्वक काम गर्न समेत कर्मचारीहरुलाई निर्देशन दिएका छन । करिब डेढ वर्ष देखि कार्यवाहक मेयर भएर काम गर्नु भएकी उपमेयर मञ्जु भण्डारी, सिंगो कर्मचारी संयन्त्रहरुको सल्लाह सुझाबमा जनताको अपेक्षा अनुसार मेरो नेतृत्वमा अब धरान अगाडी बढ्ने छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest