धरानमा चार दिने यःमरी उत्सव, नेवारी परिकारको साथै बहुजातिय परिकार पनि

सांस्कृतिक संरक्षण तथा प्रवर्दनको उद्देश्यले धरानमा ४ दिने यःमरी सांस्कृतिक तथा पर्यटन उत्सवको आयोजना हुने भएको छ ।

य:मरी

नेवाःदेय दबु धरान नगर समितिको आयोजनामा यहि पुष ९ गते देखि १२ गते सम्म उत्सव लाग्ने भएको छ । यःमरि नेवार समुदायको खाना मात्र नभएर सांस्कृतिक चाड पनि भएकोले यसको संरक्षण तथा प्रवर्दनको लागि यो उत्सव आयोनजा गरेको आयोजनकको भनाइ छ । यसका साथै मुल आयोजक समितिकी संयोजक शिला बज्राचार्य कार्यक्रममा बोल्दै यःमरी नेवारहरुको विषेश ठुलो चाड हो, नयाँ धान भित्र्याएर यःमरी पुजा गरेर मात्र खान्छौँ यसको महत्व बेग्लै छ ।

य:मरी

धरान १२ छाता चौकस्थित सोमबारे हटियास्थलमा आयोजना हुने उत्सवमा २५ देखि ३० वटा स्टल रहने आयोजक संस्थाका अध्यक्ष मनोहर शाक्यले बताए । अध्यक्ष शाक्यका अनुसार उत्सवमा परम्परागत नेवारी खानाका परिकार मात्र नभएर बहुजातिय खानाको परिकारहरुको पनि स्टल रहने छ । उत्सवमा नेवारी सांस्कृतिक कार्यक्रमका साथै स्थानिय तथा राष्ट्रिय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest