भेडेटार फुड फेस्टिवलमा २० देखि ३० हजार पर्यटक भित्र्याउने लक्ष

‘‘भेडेटार प्रकृतिको गहना पर्यटक भित्र्याउने हाम्रो चाहाना” मुल नारा लिएर यहि पौष १५, १६ र १७ गते भेडेटारमा फुड फेस्टिवल आयोजना हुँदैछ ।

होटेल एशोसिएशन भेडेटारको आयोजनामा हुन लागेको फेस्टिवल भेडेटारको आर्थिक तथा सामाजिक उत्थानका लागी पर्यटन, होटल व्यावसाय, अन्य व्यापार व्यावसाय, सांस्कृतिक र शिक्षा क्षेत्रको प्रवद्र्धन गर्ने लक्ष्य रहेको आयोजकको भनाइ छ । भेडेटारमा अवस्थित होटेल म्यजेस्टिमा आयोजित पत्रकार सम्मेलनमा होटेल एशोसिएशन भेडेटारको निवर्तमान अध्यक्ष लिलाराज लावतीले यस स्थानमा पाइने जातिय खानेकुरा देखि अर्ज्ञानिक खानेकुरा, स्थानिय पर्यटकिय स्थान, स्थानिय कृषि तथा साना घरेलु उत्पादन, साना तथा ठुला होटेल व्यावसायमा बृद्धि र आन्तरिक तथा वाह्य पर्यटकको प्रवद्र्धन गरिने जानकारि दिए । कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष लावतीले भेडेटार तथा भेडेटार सँग जोडिएका र भेडेटार आसपासका पर्यटकिय स्थलको प्रचार प्रसार भइ भेडेटारको समुन्नत विकासको लागि राज्यको ध्यानाकर्षण हुनु का साथै सरकारी तथा गैह्र सरकारी संघ संस्थाले पर्यटन विकासकोलागि पहल कदमी गर्न र हाम्रो संघारमा रहेको नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमलाई सफल बनाउन यो फेस्टिवल एउटा बलियो आधार बन्ने कुरामा विश्वस्त रहेको जानकारि दिएका छन ।

शैलुङ्ग डाँडा देखिने भेडेटारकाे भ्यू

भेडेटार चौक देखि काम्फेक थुम्की, नाम्जे र नमस्तो झरना सम्म लाग्ने उक्त फुड फेस्टिवलमा भेडेटार तथा भेडेटार आसपासको स्थानिय घरेलु तथा जातिय खानेकुरा सँगै पर्यटन व्यावसाय प्रति आकर्षणमा जोड पुर्याउनुका साथै जातिय सांस्कृतिक प्रवर्नदनलाई जोड दिइने छ । आयोजकका अनुसार यस फेस्टिवलमा करिब १ करोड बराबरको आर्थिक कारोबार तथा २० देखि ३० हजार पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । फेस्टिवलमा आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमनलाई विषेश ध्यान दिइने आयोजकको भनाइ छ ।

भेडेटार चाैकमा अवस्थित इतिहासकार इमानसिंह चेम्जोङ शालिक

नेपाल पर्यटन वोर्ड प्रवद्र्धक रहेको यस फेस्टिवलमा स्थानिय जातिय खानेकुरा, अर्ज्ञानिक खेतीबाट उत्पादित तरकारि तथा फलफूल, हस्तकला तथा घरेलु उत्पादन विभिन्न सामग्री, मौलिक परम्परागत साँस्कृतिक झाँकि, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, हेलि फ्लाइट र प्याराग्लाइडिङ विषेश आकर्षणमा रहका छन । यसका साथै भेडेटार तथा भेडेटार आसपासमा रहेको विभिन्न पर्यटकिय स्थालको दृश्यावलोकन बाट मनोरञ्जन पनि पनि गर्न सकिन्छ ।

भेडेटार देखि धरान झर्ने सडक

२० देखि २५ स्टल रहने यस फेस्टिभलमा भेडेटारमा अवस्थित सबै होटेलका सटरहरु पनि स्टलको प्रायोजनमा ल्याइने छ । आज सम्मको अनुभवमा हरेक पटकको फेस्टिलमा बढ्दो पर्यटकको उपस्थितिको कारण फेस्टिवल आयोजनाको लागि ठाउँको निकै अभाव खड्किएको छ । यसको लागि संस्थागत तथा व्यक्ति तवरबाट विभिन्न प्रयास भइरहेको र सरोकार समक्ष पनि पहल कदमि भइ रहेको आयोजकको भनाइ छ ।

भेडेटारमा रहेकाे श‌ङ्ख पार्ककाे सङ्ख स्तम्भ

भेडेटार फुड फेस्टिवलको आठौ संस्करण सम्म आइपुग्दा हामि निकै सफल भएको आयोजकको दावि छ । हाम्रो यसै प्रयासको कारण हाल भेडेटार पर्यटकिय हव घोषण भयो साथै सिएनएन को सर्वेक्षणमा विश्वको घुम्नै पर्ने १२ औँ गन्तव्य स्थान मध्य भेडेटारको नाम्जे बजार पर्न सफल भएको छ ।

नेस्ट भेडेटार, भेडेटार आमा समुह, पाथिभरा क्लब सह–आयोजक रहेको यस फेस्टिवलाई साँगुरीगढी गाउँपालिका वडा नं. ६ को सहयोग रहेको छ । जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजको मुख्य प्रयाजनमा हुन लागेको फेस्टिवल बराह ग्रुप कम्पनी शाखा भेडेटार सहयोगी कम्पनीमा रहेको छ । यसै गरेर सिल्भर इन्टरटेन्मेन्ट इभेन्ट मेनेजमेन्टमा रहेको छ भने गोर्खा फाइनान्स र नेपाल बंगलादेश बैंक बैंकिङ पार्टनरमा रहेका छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest