डिपोट स्कुलको वार्षिकोत्सव भव्य सम्पन्न, मेयर तिलक राई र खेल प्रशिक्षक विकास चाम्लिङ अभिनन्दित

पुष २३, २०७६,
धरान १८ घोपा स्थित डिपोट स्कुलले आप्mनो वार्षिकोत्सव तथा ५७औँ अविभावक दिवस आज भव्यताका साथ सम्पन्न गरेको छ । यस अवसरमा डिपोटले धरानका नवनिर्वाचित मेयर तिलक राई र १३औँ सागमा पदक विजेता बास्केटबल प्रशिक्षक विकास चाम्लिङ्लाई सम्मान गरेको छ ।

मेयर राईलाई डिपोट स्कुल व्यवस्थापन प्रमुख तथा पुर्व वृटिश गोर्खा मेजर श्रवणकुमार लिम्बुले अभिनन्दन गर्दै सम्मान पत्र प्रदान गरेका थिए । डिपोट स्कुलका पुर्व विद्यार्थी धरान उपमहानगरपालिकाको मेयरको रुपमा देख्नु पाउँदा स्कुल परिवार गौर्वान्वित भएको स्कुलका प्रिन्सिपल राजकुमार राई बताए । प्रिन्सिपल राईका अनुसार मेयर राईले कक्षा १ देखि १० सम्मको अध्ययन डिपोट स्कुरमा पुरा गरेका हुन । उनि पुर्व वृटिश गोर्खा सैनिकद्धारा सञ्चालित स्कुल र पुर्व वृटिश गोर्खा सैनिकका छोरा हुन । मेयर राई डिपोट स्कुलको २०४७ शैक्षिक सत्रको विद्यार्थी हुन ।

यसै अवसरमा सम्मानित भएको सागमा नेपाललाई बास्केटवलमा कास्य पदक जिताउन सफल प्रशिक्षक विकास चाम्लिङ राई डिपोट स्कुल खेल प्रशिक्षक पनि हुन । प्रशिक्षक राईलाई नगद ५ हजार सहित अभिनन्दन पत्रद्धारा सम्मान गरिएको थियो । यसका साथै डिपोटले प्रशिक्षक तर्पm सन्तोष राई र प्रशासकिय कर्मचारि तर्पm धनबहादुर राईलाई क्रमशः नगद २० हजार, १० हजार सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा कक्षा १ देखि १२ सम्मका उत्कृष्ट विद्यार्थी क्रमशः प्रथम, द्धितीय र तृतीय भएका विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो ।

धरान १८ वडा अध्यक्ष नरेन्द्र राई (प्रविण) लगायत वुद्धिजिवी, समाजसेवी र अविभावकको भारि उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन, विज्ञान प्रविधि प्रदर्शनी, साहित्यिक सृजना वाचन तथा विभिन्न प्रतिभाहरु बेजोड प्रस्तुती रहेको थियो । कार्यक्रममा अभिनन्दित मेयर प्रमुख अतिथि रहेको थिए । फोटोः शिसिर राई

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest