उद्योगलाई प्रधार र व्यापारलाई सहायक बनाउँ – मन्त्रि यादव

उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योग सञ्चालनमा केन्द्रित हुन उद्योग व्यवसायीलाई सन्देश दिएका छन । कञ्चनपुरस्थित भीमदत्तनगरमा आयोजित कञ्चनपुर उद्योग वाणिज्य संघको २१ औ वार्षिक साधरणसभामा बोल्दै मन्त्रि यादबले उद्योगलाई प्रधान र व्यापारलाई सहायक बनाउन आग्रह गरेका हुन । कार्यक्रममा मन्त्रि यादव बोल्दै ‘‘उद्योगलाई प्रधान र व्यापारलाई सहायक बनाएर आउनुहोस सरकार सहकार्य गरेर जान तयार छ, अब उत्पादनलाई जोड दिनुपर्ने बेला आएको छ ।’’

प्रत्यक प्रदेशमा सरकार उद्योग स्थापना गर्न अग्रसर छ पर्याप्त उद्योग सञ्चालनमा आए युवाले स्वदेशमै रोजगारी पाउने मन्त्रि यादवले धारणा व्यक्त गरेका छन । मन्त्रि यादवको अनुसार विकासमा राजनिती गर्न नहुने भनाइ राख्दै कृषि प्रधान देश भन्छौ रोजगार गर्न भारत र भारत बाट चामल आयात गरिरहेका छौँ । त्यसै गरेर जडीबुटीको अपार खानी पहाड भएको मन्त्रि यादवले बताएका छन ।

यसै क्रममा कार्यक्रममा बोल्दै कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरश रावलले कञ्चनपुरको बेदकोट नगरपालिकामा स्थापना हन गइरहेको प्रदेश नं. ७ को दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम अगाडि बढाउन, महाकाली नदीमा चार लेनको पुल निर्माण अवधी भर शारदा ब्यारेज (बनबास पुल) १२ घण्टा सञ्चालन गराउन पहल गर्न, गड्डाचौकीमा अध्यागमन कार्यालय स्थापना गर्न लगायतका माग राखेका छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest