रुसको विवादमा विश्वकप २०१८

विश्व फुटवल जगतको सर्वोच्च प्रशासनिक निकाय फिफाले सन् २०१८ को विश्वकप आयोजकको रुपमा रुसलाई छनोट गर्दा विवाद भएको थियो । फिफाले ८ वर्ष पहिले विश्वकप आयोक छनोट गर्दा फुटवलको हस्ती राष्ट्र बेलायत, पोर्चुगल, स्पेन, बेल्जियम र नेदरल्याण्डले पनि विश्वकप आयोजनाका लागि निवेदन दिएका थिए । तर विवादको वावजुद पनि ६५ लाख ९३ हजार ८ सय वर्गमाइल्मा फैलिएको र ९ वटा टाइमजोन भएको विश्वकै सबैभन्दा ठुलो राष्ट्र रुसले आयोजकमा बाझी मार्यो ।

हामी यसपटक नया भुमिमा जादैछौ फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटरले विश्वकप आयोजकको नाम घोषणा गर्ने क्रममा भनेका थिए । सेप कार्यक्रममा वोल्दै यसअघि रुस र पुर्वी युरोपमा कहिल्यै विश्वकप आयोजना भएको छैन ती क्षेत्रका वासिन्दाले लामो समयसम्म यसको प्रतीक्षा गरेका छन् । फुटवलको विकास र विस्तारका लागि यो कोशेढुंगा सावित हनेछ ।

सोभियत संघको पतनपछि विश्व मानचित्रमा आफुलाई अझै शक्तिशाली भएको प्रमाणित गर्न रुसले विश्वकप आयोजना गर्ने मनसाय राखेको थियो । त्यसैले त्यतिबेला उसले १३ शहरका १६ वटा स्तरिय स्टेडियममा फुटबल आयोजना गर्ने महत्वकांक्षी योजना बनाएको थियो ।

राजनीतिक प्रभाव

रुसले विश्वकप आयोजकको रुपमा छान्दा विवादले निकै चर्चा पाएको थियो । जति नै विवाद भए पनि रुसले विश्वकप आयोजकको बाझी मारेर नै छाड्रयो ।

रुसले विश्वकप आयोजना गर्न पाउने भएता पनि विभिन्न शक्ति राष्ट्रहरुको निकै धारिलो टिका टिप्पणी आएको थियो । रुसमा आयोजना भएको कुनै पनि खेलकुदका बृहत प्रतियोगिता विवादमुक्त रहन सकेनन् । त्यसको छाया यो विश्वकपमा पनि पर्ने अनुमान धेरैले गरेका थिए । सन् १९७९ मा अफगानिस्तानमाथि आक्रमण गरेको विरोधमा अमेरिकासहित ६५ राष्ट्रले सन् १९८० मा मस्कोमा आयोजना भएको ग्रीष्मकालीन ओलम्पिक वहिष्कार गरेका थिए ।

तस्वीर : पुटिन

इटको जवाफ ढुंगाले दिने अनुमानले पुर्वी ब्लकका १४ राष्ट्र, तत्कालीन सोभियत संघ र पूर्वी जर्मनीले अमेरिकाको लस एन्जल्समा आयोजित ओलम्पिक वहिष्कार गरेका थिए । यो संस्करणको विश्वकपलाई पनि सिरियामाथिको आक्रमणमा विभाजित दुई राष्ट्रबीचको शीतयुद्धले यस पटकको विश्वकप निकै नै रोमाञ्चक हुने आशंका धेरैले गरेका छन ।

जर्मन नेता माइकल फुच्सले मलेसियन एयरलाइन्सको विमान १७ को दुर्घटनाको सजाय स्वरूप रुसलाई विश्वकप आयोजकबाटै च्यूत गर्नुपर्नेसम्मको कडा चेतावनी दिए । तर, यति हुँदाहुँदै पनि फुटबलको महाकुम्भ यस्तो राष्ट्रमा आयोजना हुँदैछ, जो सधैँ विवादको घेराभित्र रहँदै आएको छ । परिवर्तित विश्व राजनीतिमा सदैव एउटा शक्तिको रूपमा उभिएको, शीतयुद्ध अन्त्यपछि आफूलाई शक्तिशाली देखाउन प्रयास गरिरहेको र विदेशी चुनावको नतिजालाई प्रभावित पारेको भन्दै आलोचना भइरहेको समय रुस विश्वकप आयोजक बनेको छ । तर, विश्वका अन्य मुलुकका लागि स्वागतको ढोका खोल्ने माध्यमका रूपमा रुस यो विश्वकपको प्रयोग गर्न चाहन्छ । सारा विश्वको ध्यान विश्वकप आयोजनामा हुने फाइदा रुसले अहिले लिइरहेको छ ।

विश्वकपको सफल आयोजना गरेर पुटिन आफ्ना आलोचकको मुख बन्द गरिदिन चाहन्छन् । पश्चिमा राष्ट्रहरूको आलोचनाबीच विश्वकपको सफल आयोजना गर्नु कत्तिको महत्त्वपूर्ण छ भन्ने पुटिनलाई राम्ररी थाहा छ । चार वर्षमा लगातार ओरालो लागेको कामदारको न्यूनतम ज्याला र घट्दो आर्थिक वृद्धिदरबाट जनताको ध्यान मोड्न विश्वकप जत्तिको महत्त्वपूर्ण र मेगा इभेन्ट अरू कुनै हुने छैन ।

विवादका मुद्दा
रुस आन्तरिक कलह र विवादमा फसिसककेको राष्ट्र हो । रंगभेद, होमोफोबिया, मानव अधिकार र यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार, घट्दो आर्थिक वेद्धिदर र अन्तर्राष्ट्रिय स्तरमै आलोचित रुसको क्षेत्रीय राजनिति केहि विवादित मुद्दाहरु हुन ।

आयोजक रुस र विश्वकपको विवाद यतिमै अन्त्य हुदैन । खेलकुदमा रुस र डोपिङ एकअर्काका पर्यावाची जस्तै छन । सन् २०११ देखि १५ सम्म रुसका १ हजारभन्दा बढी खेलाडी डोपिङमा पोजेटिभ पाइएको थियो । तीमध्य अधिकांश खेलाडीलाई प्रशिक्षक र खेल संघले औषधि सेवन गराएको पुष्टि भएको छ ।

तस्वीर : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटर

हाल रुसले विश्वकप आयोजनाअघि झन्डै २० लाख भुस्याहा कुकुर र बिरालो मार्ने अभियान चलाएको छ । विश्वकप आयोजना हुने ११ शहरमा रुसी सरकारले कुकुर र बिरालो मार्न सम्झौता गरेको थियो । यसका लागि रुसले १९ लाख २० हजार अमेरिकी डलर खर्च गरेको छ । तर रुस सरकारले सम्झौता गरे पनि कुकुर, बिरालो र चराचुरुंगीसमेतको निर्मम तरिकाले मारिएको र जिउदै जलाउने काम भएको भन्दै पशु अधिकारवादी संघ संस्थाले आलोचना गरिरहेका छन ।

सन् २०१३ मा रुसी क्लब सीएसकेए मस्कोका समर्थकले आइभरीकोस्टका खेलाडी याया टुरेविरुद्ध स्टेडियममै लगाएको रंगभेदी नारा सबैभन्दा आलोचित बनेको थियो । सन् २०१४ जुलाई १३ मा ब्रजिलबाट विश्वकप आयोजक रुसलाई हस्तान्तरण गर्दा राष्ट्रपति पुटिनले भनेका थिए, फिफा अध्यक्ष सेपले सामाजिक मुद्दामा सुधार गर्न बारम्बार सझाव दिएका छन् हामि आशा गर्छौ, विश्वकप आयोजना हुने समयसम्म हामी लागुऔषधको जालो तोड्छौ, रंगभेदी व्यवहारमा परिवर्तन ल्याउनेछौ र अहिले देखिएको अनेकन समस्या हल गर्नेछौ ।

विभिन्न विवाद, आलोचनाको वावजुद पनि रुसमा विश्वकप २०१८ आयोजना हुने पक्का नै भयो । खेल आयोजना हुनु दुइ महिनाअघिसम्म केहि स्टेडियम तयार भइनसकेको भन्दै फिफाले चिन्ता व्यक्त गरेको थियो । यस हिसाबमा रुस आयोजकका रुपमा असफल पो हुने हो कि भन्ने आकलन भएको थियो । विवाद वा आलोचना जे जस्तो भए पनि विश्वकप २०१८ रुसमा विविध कारणले अविस्मरणिय हुनेछ । रुसले सफल वा असफल आयोजकको बिल्ला भिर्ने हो, त्यो त केहि साता पछि सुरु हुने विश्वकप २०१८ कुर्नै पर्ने हुन्छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest