जिदानले दिए राजिनामा

विश्व फुटबल जगतमा निकै चर्चित खेलाडी जिनेदिन जिदानले रियस म्याड्रिड फुटबल क्लवको प्रशिक्षक बाट राजिनामा दिएका छन् । रियल म्याड्रिडका तत्कालिन प्रशिक्षक राफेल बेनिटेज सन् २०१६ बर्खास्त भएपछि उनि प्रशिक्षकमा नियुक्त भएका थिए ।

साण्टियागो बेर्नाबेउ स्टेडियममा आयोजित पत्रकार सम्मेलनमा ४५ वर्षीय जिदानले राजीनामा घोषणा गरेका हुन । उक्त कार्यक्रम क्लवका अध्यक्ष ºलोरेण्टिनो पेरेजको उपस्थितीमा आयोजना गरिएको थियो । रियल म्याड्रिडले भर्खरै सम्पन्न युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको ५ दिन पछि प्रशिक्षक जिदानको राजिनामाले धेरैलाई आश्चार्यमा पारेको छ । च्याम्पियन्स लिगको फाइनलमा लिभरपुललाई ३–१ को अन्तरले पराजित गर्दै रियलले उपाधि हात पारेको थियो ।

कार्यक्रममा जिदानले आÏनो कार्यकाल सफल भएको र आफु सन्तुष्ट रहेको बताउदै राजिनामाको निर्णय आफैले गरेको र तीन वर्षे कार्यकालमा क्लवको मूल्य र मान्यता कायम राख्न कडा परिश्रम गरेको उनले बताए । मेरो यो कार्यकाल भरी खेलाडिबाट सधै सम्मान पाएँ, त्यो विना सफलता पाउन असम्भव थियो उनले भने ।

भन्नेनै हो भने रियलले जिदानको कार्यकालमा उनी बाट भरपुर फाइदा लिएको छ । उनको कार्यकालमा रियलले २०१६–०१७ को ला लिगा र लगातार ३ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । उनको प्रशिक्षणमा रियलले १४९ खेल खेलेको छ । उक्त खेलमा १०४ मा जित हात पार्नुका साथै २९ खेलमा बराबरी नतिजा हासिल गरेको छ । सरसर्ती हेर्ने हो भने रियलको खच्किदो खेलमा जिदान आएर निकै खेलमा प्रगती गराएका थीए । उनको कार्यकाल भरि रियलले १ खेल पनि हार बेहोर्नु परेको थिएन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest