विश्वकप रौनक, फाइनल खेल मस्कोको लुजनिकी रंगाशालामा

२१औँ संस्करण विश्वकप फुटबलको महाभुकम्प फिफा विश्वकप २०१८ रसियामा हुने भएको छ । हाल आम मानिसको ध्यान फुटवलतर्फ तनिएको छ । अहिले चौक, गल्ली, हाटबजारमा यो चर्चाको विषय वनेको छ ।

रसियाको समय अनुुसार दिउसो हुने खेल नेपाली समयमा भने बेलुकी हुने भएको छ । यो नेपालीको लागी निकै अनुकुल समय हो । यहि जेष्ठ ३१ देखि अषाढ अन्तिम सम्म खेल चल्ने छ । जम्मा ८ समुहमा विभाजन गरिएको प्रतियोगितामा प्रत्येक समुहमा ४ देश रहनेछन ।

विश्वकपमा भाग लिएका ३२ राष्ट्रले समुह चरणको पहिलो चरणको खेलमा प्रत्येक राष्ट्रले तीन खेल खेल्नेछन । पहिलो चरणको खेलबाट प्रत्येक समुहबाट २/२ राष्ट्रले दोश्रो चरणको खेल नकआउट चरणमा प्रवेश पाउने छन । उक्त नकआउट चरणमा १६ राष्ट्रले खेल्न पाउनेछन । दोश्रो चरणको खेलबाट यी १६ राष्ट्रबाट ८ राष्ट्रले क्वार्टर फाइनल खेल खेल्न पाउनेछन । दोश्रो चरणको खेल अषाढ १६ गते देखि १८ गते सम्म हुनेछ । त्यसे गरेर अषाढ २२ र २३ गते क्वार्टर फाइनल खेल हुनेछ । क्वार्टर फाइनल खेलबाट ४ राष्ट्रले सेमिफाइनल खेल खेल्न पाउने छन ।

अषाढ २६ र २७ गते २१औँ विश्वकपको रोमाञ्चक खेल सेमिफाइनलमा उत्कृष्ट ४ राष्ट्रले फाइनलका लागि प्रधिस्पर्धा गर्नेछन । सेमिफाइनबाट २ विजयी राष्ट्रले विश्वकप – २०१८ को अन्तिम फाइनल खेलको सामना गर्नेछन । भने अषाढ ३० गते सेमिफाइनलको २ पराजित राष्ट्रले तेश्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन ।

उद्घाटन खेल गरेको मस्कोको लुजनिकी रंगाशालामा अषाढ ३१ गते विश्वकप – २०१८ को अन्तिम खेल अर्थात फाइनल खेल हुनेछ । सो प्रतिस्पर्धाबाट विश्वकप – २०१८ को विजेता घोषणा हुनेछ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest