विश्वकप उद्घाटन खेलमा साउदीको लजास्पद हार

विश्वकप फुटवलको २१ औं संस्करण आज बाट सुरु भएको छ । मस्को स्थित लुजनिकी रंगशालामा उद्घाटन भएको खेलमा आयोजक राष्ट्र रसियाले साउदीलाइ ५–० को भारी अन्तरले सान्दार जीत हात पारेको छ ।

विशेष समारोहबिच उद्घाटन गरिएको खेल आयोजक टिमलाई निकै नै फलदाय भएको छ । खेल सुरु भएको १२ औ मिनेट मै रसियाको तर्फबाट युरि गाजिन्स्किले गोल गर्दै जीतको सुरुवात गरेका थिए । खेल निकै प्रतिस्पर्धात्मक भए पनि ४३ औ मिनेटमा डेनिस चेरिसेभले रसियाको तर्फबाट दोश्रो गोल गरेका थिए । पहिलो हाफ २–० गोलमा सिमित रहेको खेलमा दोश्रो हाफमा पनि साउदीले रसियालाई कुनै गोलको पैचो तिर्नु सकेन ।

खेलको दोश्रो हाफमा भने साउदीले आफ्नो खेल प्रदर्शन गर्नु सकेन । यसको फाइदा लिदै खेलको ७१ औ मिनेटमा रसियाको तर्फबाट अर्टेम डिज्युवाले तेश्रो गोल गर्दै टिमलाई अग्रता दिलाए ।

साउदीको लागी खेलको निर्धारित समय भन्दा अतिरिक्त समय भने निकै घातक बन्यो । निर्धारित समय सम्म ३ गोलको भारि बोकेको साउदीलाई अतिरिक्त समय ५ मिनेटमा अर्को २ गोल थप भए पछि साउदीले लजास्पद हार बेहोर्नु पर्‍यो । अतिरिक्त समयको ४८ सेकेण्ड र ४ मिनेटमा क्रमश डेनिस चेरिसेभ र एलेक्सजेन्डर गोलोभीनले गोल गरे पछि साउदीले ५–० को भारि अन्तर गोलको भारि बोक्नु परेको थियो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest