स्पेनको नकआउट चरणमा बाटो खुल्यो

रसियामा जारि २१ औं संस्करण विश्वकपमा स्पेनले समुह चरणको खेलमा इरानलाई १–० को गोलअन्तरले हराएको छ । डिएगो कोस्टाले स्पेनको तर्फबाट पहिलो गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफ गोल रहित भएको खेलमा कोस्टाले खेलको दोश्रो हाफमा ५४ औ मिनेटमा गोल गर्दै स्पेनलाई जितको नजिक पुर्‍याएका हुन । खलको यो गोल नै निर्णायक गोल बनेको थियो । गत शुक्रबार पोर्चुगल सँगको पहिलो खेलमा बराबरी खेलेको स्पेनका लागि पनि डिएगो कोस्टाले २ गोल गरेका थिए ।

कजाङ रंगाशालामा भएको रोमाञ्चक खेलमा इरानलाई १–० गोलको अन्तरले हराउदै स्पेनले नकआउट चरण तर्फको बाटो खोलेको छ । अब स्पेनले समुह चरणको अन्तिम खेल असार ११ गते मोरोक्कोसँग खेल्नेछ भने इरानले पनि सोहि दिन पोर्चुगल सँग समुह चरणको अन्तिम खेल खेल्नेछ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest