सर्बिया माथि सान्दार जित सँगै समुह विजेता ब्राजिल

रसियामा जारी विश्वकपमा ब्राजिलले खेलको अन्तिम १६ को स्थान पक्का गरेको छ । बुधबार सम्पन्न खेलमा सर्बियालाई २–० ने पराजित गर्दै ब्राजिल समुह विजेता बनेको छ । सोहि समयमा सम्पन्न खेलमा कोष्टारिकासँग २–२ गोलको बराबरी खेलेको स्वीट्जरल्याण्ड भने समुह उपविजेता बन्दै अन्तिम १६ को यात्रा तय गरको छ ।

खेलको सुरु देखी नै आक्रमक प्रदर्शन गरिरहेको सर्बियाले पटक पटक मौका गुमाउदै हार बेहोर्नु परेको थियो । ३ अंक लिएर मैदानमा उत्रीएको सर्बियालाइ यो खेल जीत्नै पर्ने प्रेसर पनि थियो । ४ अंक लिएर मैदानमा उत्रीएको ब्राजिलले भने यो खेल बराबरी सम्म रोके पनि अन्तिम १६ मा प्रवेश गर्ने थियो ।

विश्वकपको पहिलो खेलमा स्वीट्जरल्याण्डसँग १–१ को बराबरी खेलेको ब्राजील दोश्रो खेलमा कोष्टारिकालाई इन्ज्युरि टाइममा मात्र गोल गर्न सफल भएको थियो । ब्राजीलको अधिलो २ खेलको प्रकृती हेर्दा सर्बिया निकै आशावादी बनेको थियो । तर, ब्राजिलका प्रशिक्षकले फर्नान्डिन्हो र पाउलिन्होलाई मैदानमा उतारेर खेलको रणनीती फेरिदिए, जसले गर्दा ब्राजिलको मिडफिल्डर निकै बलियो बनेर आयो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest