इङ्ग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम समुह विजेता बन्यो

रसियामा जारी २१औ संस्करण विश्वकपको समुह चरण अन्तिम खेलमा इङ्ग्ल्याण्डलाइ १–० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको छ । इङ्ग्ल्याण्डसँग समान अंक लिएर मैदान उत्रीएको बेल्जियम इङ्ग्ल्याण्डलाइ पराजित गराए सँगै समुह ’जी’ को समुह विजेता बनेको छ ।

पहिलो हाफ बराबरीमा टुङ्गीएको खेलमा दोश्रो हाफमा बेल्जियमले अग्रता लिएको थियो । बेल्जियको तर्फबाट जानुजाजले खेलको ५१औ मिनेट गरेको पहिलो गोल नै निर्णायक गोल बनेको थियो । बेल्जियमले इङ्ग्ल्याण्डलाई अन्तराष्ट्रिय फुटवल इतिहासमा आजसम्म हराउन सकेको थिएन । यी २ टोली हालसम्म पाँचपटक मैदानमा आमनेसाम्ने उत्रिएका थिए । पाँच खेलमा बेल्जियम तीन खेलमा पराजीत भएको थियो भने दुई खेल बराबरी भएको थियो । तर, यो विश्वकपमा बेल्जियमले उक्त इतिहालाई ब्रेक गरेको छ भने इङ्ग्ल्याण्ड इतिहास जोगाउन असफल भएको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest