प्रिक्वाटरमा फ्रान्स र अर्जेन्टिना पहिलो खेल खेल्दै

रसियामा जारि विश्वकप २१औ संस्करण फुटवलको प्रिक्वाटरफाइनल आजदेखि सुरु हुदैछ । आज पहिलो खेल फ्रान्स र अर्जेन्टिना खेल्नेछन भने दोश्रो खेलमा उरुग्वे र पोर्चुगल भिड्दैछन ।

प्रिक्वाटरफाइनल अन्तर्गत पहिलो खेलमा भेट हुने फ्रान्स र अर्जेन्टिना दुवैले अहिलेसम्मको खेलमा आफ्नो छवीअनुसारको खेल प्रदर्शन गर्नु सकेका छैनन । आज साँझको खेलमा चर्चित खेलाडी लियोनेल मेसी, एन्जल डि मारिया, गोन्जालो हिग्वेन, पल पोग्वा, एन्टोनी ग्रिजम्यान लगायतका खेलाडीले कस्तो खेल प्रदर्शन गर्ने हुन त ? यो सवैको चासोको विषय बनेको छ ।

समुह चरणको खेलमा अर्जेन्टिना आइसल्याण्ड सँग १–१ गोलको बराबरी खेलेको थियो । तर, दोश्रो खेलमा क्रोसिया विरुद्ध ३–० गालले पराजित भएपनि अर्जेन्टिनाको दोश्रो चरणको यात्रा लगभग अन्त्य भएको थियो । समुह चरणको अन्तिम खेलमा भने दोश्रो चरणको दावेदार टिम नाइजेरिया विरुद्ध १–२ गोल अन्तरको जित हात पार्दै अर्जेन्टिनाले दोश्रो चरणको खेलको टिकट लिएको हो ।

त्यसै गरेर फ्रान्सले समुह चरणमा अस्ट्रेलिया विरुद्ध १–२ गोल अन्तर र पेरुविरुद्ध ०–१ गोल अन्तरले जित हात पार्दै दोश्रो चरणको लागि आफ्नो स्थान पक्का गरेको थियो । समुह चरणको अन्तिम खेलमा भने अघिल्लो २ खेल जस्तो आक्रमक नखेले पनि डेनमार्क सँग ०–० गोलको बराबरी खेलेको थियो ।

आज हुने पहिलो प्रिक्वाटर अर्थात नकआउट चरणको खेलमा यी २ टिमको महासंग्राममा कसले बाझी मार्ला त ? यो त खेल हेर्नै पर्ने हुन्छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest