साबिकको उपविजेता अर्जेनटिना नकआउट चरण बाटै घर फर्कियो

रसियामा जारि विश्वकप २१औ संस्करण बाट साबिकको उपविजेता अर्जेनटिना बाहिरिएको छ । नकआउट चरणको पहिलो खेलमा फ्रान्सले अर्जेनटिनालाई ४–३ को गाल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

 

तस्वीर : एजेन्सी

खेल सुरु भएको १२ औ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै फ्रान्सका एन्टोन ग्रिजम्यानले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेपछि लगातार विपक्षी टोलीमाथी आक्रमक खेल खेलेको अर्जेनटिनाले ४१औ मिनेटमा डि मारियाको सान्दार गोलको सहयोगमा खेललाई बराबरीमा ल्याएको हो । पहिलो हाफमा दुवै टोली १–१ गोलको बराबरीमा खेलेका थिए ।

दोश्रो हाफको सुरुमै अर्थात खेलको ४८औ मिनेटमै अर्जेनटिनाको तर्फबाट गोल गर्दै आफ्नो टिमलाई २–१ गोल अन्तरले अग्रता दिलाएका थिए । तर यो अग्रता तेती धेरै समय टिकेन । खेलको ५७औ मिनेटमा बेन्जामिन पाभर्डले फ्रान्सको तर्फबाट गोल गर्दै खेललाई २/२ गोलको बराबरीमा पुर्‍याएको थिए ।

तस्वीर : एजेन्सी

खेल बराबरीमा आएपछि विपक्षमाथि आक्रमक प्रस्तुत भएको फ्रान्सको तर्फबाट एम्बापेले खेलको ६४ र ६८ औ मिनेटमा लगातार २ गोल गर्दै टिमलाई ४–२ गोल अन्तरले अग्रता दिलाएका थिए । दुइ गोलले पछि परेको अर्जेनटिनाले अधिकतम खेल आफ्नो बहसमा लिए पनि तेश्रो गोलको लागी इन्ज्युरी समय नै पर्खिनु पर्यो । इन्ज्युरी समयको ९३ औ मिनेटमा सर्जियो एग्वेरोले हेड गाल गरे पछि अर्जेनटिना ४–३ गोल अन्तरले पछि पर्दै नकआउट चरणबाट बाहिरियो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

One thought on “साबिकको उपविजेता अर्जेनटिना नकआउट चरण बाटै घर फर्कियो

  • June 30, 2018 at 7:44 pm
    Permalink

    फ़्रान्सले अर्जेनटीनाको मिडफ़ील्डर कमज़ोर हुनुको फाईदा उठायो

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest