रोनाल्डोले खेल जीवन बाट सन्यास नलिने

विश्वकप फुटवल खेलाडीहरुको लागि आफ्नो बजार भाउमा जोरघटाउ गर्ने अवसर हो । जव विश्वकप खेल्छन तव त्यो खेलाडीको खेल हेरेर फुटवल क्लवहरुले खेलाडिको मोलतोल गर्छन । यती मात्र नभएर विश्वकप खेलाडीहरुको लागी खेल करिअर सुरुवात र अन्त्यको अर्को निकै महत्वपुर्ण स्थान पनि बनेको छ ।

गत सिजन विश्वकप विजेता अनि हाइ स्कोरर इतिहास हात पारेको जर्मनीका निकै नै चचित खेलाडि मिरास्लव क्लोजले विश्वकप हात पारेको छेक पारेर सन्यास लिए । यो सिजनमा पनि यो साख मासिने त कुरै भएन । भर्खरै फ्रान्सद्धारा पराजित बेहोरेको अर्जेनटिनाका खेलाडी जाभिर मास्चेरानोले सन्यासको घोषणा गरेका छन ।

यस्तै गरेर यो पटकको सिजनमा पनि विश्वकप हात पारेर सन्यास लिने दाउमा रहेका थुप्रै खेलाडिहरुको चर्चा परिचर्चा मिडियामा सर्वत्र पढ्न पाइएको थियो । अर्जेटिनाका लियोनेल मेसी, जर्मनीका थोमस मुलर, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो लगायतको नाम निकै पढ्न पाइएको थियो । तर यी तीनै खेलाडिको सपना तुहिएको छ । लियोनेल मेसी, थोमस मुलरले के गर्ने हुन त्यो त अहिले सम्म हल्ला आएको छैन । हिजो मात्र उरुग्वे सँग पराजय बेहोरेको क्रिस्टियानो रोनाल्डोले भने सन्यास नलिने घोषणा गरिसके ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest