स्पेनका प्ले मेकर इनिएस्टाले सन्यास लिए

सन् २००६ मा राष्ट्रिय फुटवल टिममा डेब्यु गरेका स्पेनिस मिडफिल्डर आन्द्रेज इनिएस्टाले अन्तराष्ट्रिय फुटवलबाट सन्यास लिएका छन । हिजो भएको रसियासँग निर्धारित समय सम्म बराबरी खेलेको र पेनाल्टी सुटआउटमा पुगेको खेलमा पराजित भएपछि उनले सन्यास लिएका हुन । खेल पछि इनिएस्टाले भनेका छन् , यो विश्वकप मेरा लागि राष्ट्रिय टिमबाट अन्तिम खेल हो ।

सन् २०१० मा स्पेनले साउथ अफ्रिकामा आयोजित विश्वकपको फाइलन खेलमा नेदल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्दै विश्वकप जितेको थियो । उक्त खेलमा ३४ वर्षिय इनिएस्टाले निर्णायक गोल गरेका थिए । तर हिजोको खेलमा सब्सीच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।

स्पेनको राष्ट्रिय टिममा इनिएस्टाले डेब्यु गरेपछि २००८ र २०१२ मा युरोकप उपाधि हात पार्न राष्ट्रिय टिममा उनको ठुलो भुमिका रहेको छ । त्यसै गरेर २०१० को विश्वकपमा सहभागि हुदा जाभी हर्नान्डेजसँग उनको राम्रो सहकार्य रहेको थियो । उनले भने जीवनको अन्तिम खेल दुखद रहयो र मेरो यो जीवनको दुखद दिन पनि हो ।

इनिएस्टा उनको फ्यानहरुमाझ मात्र लोकप्रिय नभएर अन्य खेलाडिहरुको नजरमा लोकप्रिय छन । क्रोएसियाका मिडफिल्डर इभान र्‍याकेटिकले पनि इनिएस्टा एकदमै मिलनसार साथी रहेको बताएका छन । उनले थपे इनिएस्टा मेरा लागी साथी मात्र नभएर फुटवल गुरु पनि हुन । इनिएस्टा स्पेनका प्ले मेकर पनि हुन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest