पेनाल्टी सुटआउटमा कोलम्बिया चुक्यो, इङ्ग्ल्याण्ड क्वार्टर फाइनल प्रवेश

२१औँ संस्करण विश्वकपको प्रिक्वाटर अन्तर्गतको अन्तिम खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५७औँ मिनेटमा इग्ल्याण्डका कप्तान ह्यारी केनलाई डीएरियाभित्र लडाएपछि पाएको पेनाल्टीको गोल मार्फत इंग्ल्याण्डले अग्रता लिएको थियो । तर उक्त अग्रता खेलको इन्जुरी समयमा टिकेन । खेलको ९३औ मिनेटमा कोलम्बियाका यारी मिनाले जवाफी गोल फर्काउदै खेललाई बराबरीमा ल्याएका थिए ।

खेल बराबरीमा टुङ्गीएपछि थपिएको आधाघण्टा समयमा पनि दुवै तर्फबाट गोल हुन सकेन । अन्तत खेललको निर्णायक पेनाल्टी सुटआउटमा पुगेको हो ।

खेलको निर्धारित समय सम्म इङ्ग्ल्याण्डलाई आछुआछु बनाएको कोलम्बिया भने पेनाल्टी सुटआउटमा चुक्यो । कोलम्बियाका खेलाडी कार्लोस बाकाको पेनाल्टी सुट इङ्ग्ल्याण्डका गोल रक्षक जोर्डन पिकफोर्डले बचाएका थिए । त्यसै गरेर मेटस उरिवेको पेलाल्टी सुट पोलमा ठोक्किए पछि इङ्ग्ल्याण्डको क्वार्टरफाइनलको यात्रा पक्का भएको हो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest