विश्वकपको क्वार्टरफाइनलको ८ टिममा को को भिड्दै ?

रसियामा जारि विश्वकपको २१औ संस्करणको प्रिक्वार्टर फाइनल खेल गत मंगलवार सकिएको छ । गत असार १६ गते शनिवार देखि असार १९ गते मंगलवार सम्म भएको प्रिक्वार्टरफाइनल खेलमा १६ टिमको सहभागीता रहेको थियो । उक्त खेलमा १६ टिमबाट ८ टिममा छानिएर क्वार्टरफाइनल खेलमा प्रवेश गरेका हुन ।

भोलिबाट हुने क्वार्टरफाइनल खेलका लागि आयोजत टिम रसियासहित उरुग्वे, फ्रान्स, क्रोएसिया, ब्राजिल, इङ्ल्याण्ड, बेल्जियम र स्वीडेन गरी ८ टिमले भाग लिन पाएका छन । अब हुने क्वार्टरफाइनल खेल भोली शुक्रवार २ वटा र शनिवार २ वटा खेल हुनेछ । जस खेलबाट विजेता ४ टिमले सेमीफाइनलको सामना गर्नेछन ।

फिफाको खेलतालिका अनुसार शुक्रवार क्रमश पहिलो र दोश्रो खेलमा उरुग्वे विरुद्ध फ्रान्स र ब्रजिल विरुद्ध बेल्जियमको भिडन्त हुनेछ । त्यसै गरेर शनिवार क्वार्टरफाइनल खेलको अन्तिम खेल पहिलो र दोश्रो क्रमश स्वीडेन विरुद्ध इङ्ग्ल्याण्ड र रसिया विरुद्ध क्रोएसिया को भिडन्त हुनेछ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest