यो विश्वकपमा बाहिरिएका ती ४ महारथी

Sanjaya Rai
सञ्जय याक्खा

रसियामा जारि विश्वकप अहिले विश्वभर चर्चाको विषय हो । विशेष गरेर नेपालमा हेर्दा विश्वकप नेपालको चाड नै बनेको छ । के चौक के गल्ली अनि के शहर के गाउँ अहिले यत्रतत्र चर्चा विश्वकपकै छ । नेपालको विश्वकप रौनक हेर्ने हो भने कतै विश्वकप आयोजना नेपालमै त भइरहेको छैन ? विश्वकपले नेपालमा विगत सुरुवाती संस्करण बाट नै यो ठाउ लिएको हो । नेपालमा विश्वकपको चर्चा अहिलेको मेसी जेनेरेशनको मात्र हैन त्यो समयका पेलेको इतिहासको पनि चर्चा चल्ने गरेको छ ।

विश्वकपको चर्चा अरु संस्करण भन्दा यो संस्करण अर्थात २१औँ संस्करणको चर्चाले शिखर चुमेको छ । २१औँ संस्करण चर्चाको विषय मात्र नभएर चासो र जिज्ञासाको विषय पनि बनेर आएको छ । जव अन्तिम १६ को खेल भयो त्यस पछि भने फुटवलप्रेमीहरु लगायत फुटवल विश्लेषक पनि चकित छन । जव समुह चरणबाट पछिल्लो संस्करण विजेता जर्मनी बाहिरियो अनि अन्तिम १६ बाट नन्स्टप विश्वकप दावेदार मानिने अर्जेन्टिना, पोर्चुगल, स्पेनले मैदानबाट विदा लिए ।

विश्वकप विजेताको दावेदार मानिनुका साथै बढ्दो समर्थकहरुको आधारमा जर्मनी, अर्जेन्टिना, स्पेन र पोर्चुगलको बलियो सम्भावना देखिएको थियो । विश्लेशकहरुले पनि यी नै ४ टिमलाई विश्वकप विजेताको दावेदार विल्ला भिराइदिएका थिए । तर परिणाम उल्टो देखा पर्दा सवै चकित छन ।

बेलैमा बाहिरिएका यी ४ महारथी विश्वकप इतिहास हेर्दा पनि तेती कमजोर टिम भने देखिदैन । यी ४ महारथीको विश्वकप इतिहास हेरौ –

जर्मनी राष्ट्रिय टीम

१) जर्मनी
सन् १९३४ मा विश्वकपको मैदानमा इण्ट्रि गरेको जमनी चार पटक विश्व उपाधि हात पारेको छ । जर्मनीले क्रमश सन् १९५४, १९७४, १९९० र २०१४ मा विश्वकप उपाधि उचालेको थियो ।

पछिल्लो पटक जर्मनीले आयोजक टिम ब्राजिललाई सेमिफाइनलमा ७–१ गोलअन्तरले हराएर फाइनल प्रवेश गरेको थियो । सो ब्राजिलमाथिको जितले जर्मनीलाई चर्चाको एउटा अलग उचाइमा पुर्‍याएको थियो । ब्राजिलमाथिको उल्लाहसमय जितपछि अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै जर्मनीले विश्वकप २०१४ उचाल्यो ।

फिफा बरियताको हिसावले जर्मनी शिर्ष स्थानमा रहेको कारण पनि यो पटक विजेता दावेदारको लिस्टमा परेको थियो । तर विश्वकप १९९८ देखिको फिफा वल्र्डकप इतिहासको साख जोगाउदै समुहचरण बाटै जर्मनी बाहिरियो । सन् १९९८ देखि अहिले सम्म कुनै पनि पछिल्लो विजेता टिम समुह चरण पार गर्न सकेका छैनन् ।

अहिले सम्म जम्माजम्मी १८ पटक विश्वकपमा सहभागि जनाएको जर्मनीले १३ पटक सेमिफाइनल खेलेको छ भने ८ पटक फाइनल खेलेको छ । ४ पटक विश्व विजेता उचालेको जर्मनीले ३ पटक क्वार्टरफाइनलमा पराजित भएको छ ।

अर्जेनटिना राष्ट्रिय टिम

२) अर्जेनटिना
हरेक विश्वकपमा विजेताको दावेदारको शिर्ष स्थानमा राखिएको टिम हो अर्जेनटिना । अर्जेनटिना धेरै जसो त खेलाडिको कारणले पनि शिर्ष चर्चाको टिम बनेको पाइएको छ । सन् १९३० मा विश्वकपको मैदानमा स्थान पाएको अर्जेटिना २ पटक विश्वकप उचालिसकेको छ । सन् १९३० देखि सन् २०१४ सम्म १६ पटक विश्वकपमा सहभागी जनाएको अर्जेनटिनाले सन् १९७८ र १९८६ मा विश्वकप उचालेको हो ।

जव जनमानसमा विश्वकपको चर्चा हुन्छ त्यहा म्याराडोनाको चर्चाले पनि ठाउँ पाउँछ । अहिलेको सन्दर्भमा पनि अर्जेनटिनाका स्टार खेलाडि लियोनेल मेसिको चर्चाले राम्रो स्थान पाएको छ । भन्ने नै हो भने अर्जेनटिनाले यतीको समर्थक पाउनुको पछाडी मेसीकै नामको ठुलो भुमिका छ । हुन त अर्जेनटिनाले एकजना खेलाडिले खेलेर जितिने खेल भने पटक्कै हैन । तर अर्जेनटिनाका खेलाडि मेसी बलियो भरसिलो खेलाडि हुन । त्यसै त मेसी कै क्याप्टेनसिपमा अर्जेनटिना मैदान उत्रिएको कारण पनि अर्जेनटिना विश्व विजेता दावेदारको लिस्टमा परेको हो ।

यो विश्वकपका लागि पनि अर्जेनटिना मेसीकै कारण विश्वकपका लागि छनौटमा परेको हो । दक्षिण अमेरिका अन्तर्गतको छनोटमा अन्तिम खेलमा इक्वेडरविरुद्ध मेसीको ह्याट्रिकको सहयोगमा अर्जेनटिनाले रसिया यात्रा पक्का गरेको हो ।

पाेर्चुगल राष्ट्रिय टिम

३) पोर्चुगल
यो विश्वकपको दावेदार टिमको लिस्टको अर्को टिम पोर्चुगल पनि हो । गत २ वर्ष अघिको अप्रत्याशित खेलको जादु प्रदर्शन गर्दै पोर्चुगलले युरोकप उठाएको थियो । सन् १९६६ मा विश्वकप यात्रा सुरु गरेको पोर्चुगलले सन् २०१४ सम्म ६ पटक विश्वकपमा सहभागि जनाइसकेको छ । अहिले सम्म विश्वकप विजेता हात पार्न असफल पोर्चुगल सन् १९६६ र २००६ मा गरि दुइ पटक सेमिफाइनल खेलेको छ । गत विश्वकपमा समुह चरणबाटै आउट भएको पोर्चुगल अहिले सम्म फाइनल खेल खेल्न सकेको छैन ।

फिफा बरियता ४ नम्बरमा रहेको पोर्चुगल यो पटक पनि विश्व विजेताको दावेदार टिमको लिस्टमा परेको थियो । गत सन् २०१६ को युरो विजेता, सर्वाधिक चर्चामा रहेका क्रिष्टियानो रोनाल्डोले सम्हालेकाले पनि पोर्चुगल माथि विजेताका आशा धेरैले राखेका थिए ।

स्पेन राष्ट्रिय टिम

४) स्पेन
यस पटकको विश्व विजेताको दावेदार टिम स्पेनलाई पनि लिइएको थियो । सन् १९३४ मा विश्वकप डेब्यु गरेको स्पेनले सन् २०१० विश्वकप उचालेको थियो । स्पेन उसको रचनात्मक फुटवलका लागि विश्व चर्चाको शिखरमा रहेको टिम हो । नेदरल्याण्डबाट सुरु गरिएको टिकाटाका शैली अधिकतम प्रयोग र विकास स्पेनमा भएको छ । स्पेनिस ला लिगाको बढ्दो लोकप्रियका कारण पनि विश्व फुटबल प्रेमीमाझ स्पेनिस टिम धेरैको रोजाइमा परेको हो । हरेक टिम खेलाडिको नामले चर्चित छन तर स्पेन भने यो सवालमा अछुतो छ । स्पेनको समर्थकहरु अधिकतम त स्पेनिस खेल सैली नै हो ।

सन् २००८ र २०१२ लगातार युरोकप विजेता स्पेनले सन् २०१० मा विश्वकप उपाधि उचालेर विश्व फुटवलमा एक छत्ता राज गरेर नयाँ इतिहास कायम गरेको थियो । यो पटक अन्तिम १६ सम्मको यात्रा गरेको स्पेन फिफा बरियतामा आठौँ स्थानमा रहेको छ ।

अहिले सम्म १६ पटक विश्वकप खेल्न अवसर पाएको स्पेनले १५ पटक खेलेको छ । सन् १९३८ को विश्वकपमा आफ्नो टिमलाई सहभागिता दरखास्ता फिर्ता गरेको स्पेनले २ पटक सेमी फाइनल खेलेको छ भने १ पटक फाइनल खेलेको छ । एक पटक विश्व विजेता स्पेनले ४ पटक क्वार्टरफाइनल खेलेको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest