उरुग्वेलाई पराजित गर्दै फ्रान्स सेमिफाइनल प्रवेश

रसियामा जारि विश्वकपमा क्वार्टरफाइनल अन्तर्गतको खेलमा उरुग्वेलाइ २–० गाल अन्तरले पराजित गर्दै फ्रान्स सेमिफाइनल प्रवेश गरेको छ । राफेल भराने र एन्टोनी ग्रिजम्यानको गोलको सहयोगमा फ्रान्स सेमिफाइनल प्रवेश गरेको हो ।

सुरुवाती समय देखि निकै घम्साघम्सी परेको खेलको ४०औँ मिनेटमा भरानेले ओपनिङ गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएको थियो । १–० गोल अन्तरमा पहिलो हाफ सकिएको खेलमा खेलको ६१औँ मिनेटमा ग्रिजम्यानको सान्दार गोलसँगै फ्रान्सले २–० गोल अन्तरले अग्रता लिएको थियो । खेलमा ग्रिजम्यानको गोल नै निर्णायक गोल बनेको थियो ।

उरुग्वेका भरसिलो स्ट्राइकर इडिसन काभानी अघिल्लो खेलाम घाइते हुनुको फाइदा फ्रान्सले मज्जाले उठायो । खेलमा काभानीको आवाश्यक निकै खड्कीएको थियो । जसको असर खेलमा प्रत्यक्ष देखिएको थियो ।

विश्वकप इतिहासमा १ पटक विश्वकप उचालेको फ्रान्सले छैटौ पटक सेमिफाइनल खेल्दैछ । अब फ्रान्सले फाइनलमा प्रवेशका लागि आज राति हुने ब्राजिल र बेल्जियम बिचको खेलको बिजेता सँग सामना गर्नेछ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest