ब्राजिलको ६ स्टार भिर्ने सपाना तुहियो, बेल्जियम सेमिफाइनलमा प्रवेश

रसियामा जारि विश्वकप फुटवलको क्वार्टरफाइनल अन्तर्गतको खेलमा पाच पटकको विश्व विजेता ब्राजिल विश्वकपको खेल बाट विदा भएको छ । स्वर्णिम पुस्ताका खेलाडि मानिने बेल्जियले २–१ गोल अन्तरले ब्राजिललाई पराजित गर्दै घर फर्काएको छ । यसको साथै ब्राजिलको ६ स्टार भिर्ने सपना पनि यहि समाप्त भएको छ ।

बेल्जियम

खेलको १३औँ मिनेटमा बेल्जियमले पाएको कर्णनल किकबाट आएको बललाइ भिसेन्ट कोम्पनीले छोएर अघि बढेको अवस्थामा ब्राजिलका मिडफिल्डर फर्नान्डिन्होले बचाउने कोशिस गर्दा आफ्नै जाली चुम्न पुगेपछि बेल्जियमले १–० गोल अन्तरले अग्रता लिएको थियो । त्यस पछि ब्राजिलले गोल फर्काउन आक्रमक बनेपनि गोल लगाउनुको सट्टा दोहोरो गोल खायो । खेलको ३१औँ मिनेटमा केभिन डे ब््रयुनेले बेल्जियमको तर्फबाट सान्दार गोल गरेपछि ब्राजिल २ गोलले पछि परेको थियो ।

खेलको पहिलो हाफ २–० गोल मै सिमित भएको थियो । खेलको दोश्रो हाफमा लगातार काउण्टर अट्याक गरेको ब्राजिलले अन्तत खेलको ७६औँ मिनेटमा रेनाटो एग्युस्टोको हेड गोलको सहयोगमा बेल्जियमको नजिक पुगेको थियो । उक्त गोल बाट ब्राजिलले १–२ गोलले पछ्याएको थियो । खेलको निर्धारित समय सम्म पनि ब्राजिलको लगातार काउण्टर अट्याक विफल भए पछि २–१ गोल अन्तरले चित्त बुझाउदै ब्राजिल घर फर्किनु पर्याै ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest