इङ्ग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा प्रवेश

रसियामा जारि विश्वकप फुटवलमा क्वार्टरफाइनल अन्तर्गतको खेलमा स्वीडेनलाई २–० गोल अन्तरले पराजित गर्दै इङ्ग्ल्याण्ड सेमिफाइनल प्रवेश गरेको छ ।

खेलको ३०औँ मिनेटमा इङ्ग्ल्याण्डको लागि ह्यारी म्यागुइरेले गोल गर्दै आफ्नो टिमलाई १–० गोल अन्तरले अग्रता दिलाइएका हुन । एक गोलको अग्रता मै खेलको पहिलो हाफ सिमित भयो । दोश्रो हाफमा खेलको ५८औँ मिनेटमा इङ्ग्ल्याण्डका लागि डेले अलीले गोल गर्दै २–० गोल अन्तरले अग्रता दिलाउदै जितको नजिक पुगेको थियो ।

खेलमा इङ्ग्ल्याण्डका स्टार फरवार्ड तथा कप्तान ह्यारी केन गोलविहिन रहे । तर पनि जारी विश्वकपको सर्वाधिक गोलकर्ता हुन् । उनी गोल्डेन बुटको पहिलो दाबेदार हुन ।

अब इङ्ग्ल्याण्डले सेमिफाइनलमा आज राति हुने आयोजक टिम रसिया र क्रोएसियाबिच हुने खेलको विजेता टिमको सामना गर्नेछ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest