इङग्ल्याण्डलाइ पछि पार्दै क्रोएसिया पहिलो पल्ट फाइनलमा

रसियामा जारी विश्वकपमा २८ वर्ष पछि सेमीफाइनल पुगेको इङ्ग्ल्याण्डलाई फाइनलको यात्रा क्रोएसियाले रोकिदिएको छ । इङ्ग्ल्याण्डलाई २–१ गोल अन्तरले पछि पार्दै क्रोएसिया पहिलो पल्ट विश्वकप फाइनल पुगेको हो ।

खेलको पाँचौ मिनेटमा कायरन ट्रिपियरले इङ्ग्ल्याण्डको तर्फ बाट गोल गर्दै अग्रता दिलाए पनि क्रोएसियाका इभान पेरिचले उक्त अग्रतालाई टिक्न दिएनन् । इभानले खेलको ६८औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

फाेटाे : एजेन्सी

निकै प्रतिस्पर्धात्मक खेल निर्धारित समय सम्म १–१ गोलको बराबरीमा सकिए पछि खेल अतिरिक्त समय सम्म पुगेको थियो । खेलको १०९औँ मिनेटमा मारियो मान्जुकिजले क्रोएसियाका लागी सान्दार गोल गर्दै २–१ गोल अन्तरले क्रोएसियाले अग्रता लियो । आक्रमक बनेको इङग्ल्याण्डको खेलको अन्तिम घडि सम्म कुनै सिप नचलेपछि क्रोएसियाका मान्जुकिजको उक्त गोल नै निर्णायक गोल बन्यो ।

फाेटाे : एजेन्सी
फाेटाे : एजेन्सी

सन् १९९० मा युगोस्लाभियाबाट छुट्टिएर बनेको क्रोएसिया सन् १९९८ को विश्वकपमा सेमिफाइनल सम्मको यात्रा गरेको थियो । यस पटक क्रोएसिया पहिलो पटक फाइनल खेल्दैछ । क्रोएसिया यहि असार ३१ आइताबार राती ८:४५ बजे हुने फाइनल खेल १ पटकको विश्व विजेता फ्रान्सको सामना गर्नेछ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest