एच.के.एन.वि.ए.द्धारा पोखरा ब्याडमिन्टन संघलाई १५ लाख सहयोग

नेपालको पर्यटकीय क्षेत्रमा केन्द्रको रुपमा मानिदै आएको पोखरामा निर्माणाधीन अवस्थामा रहेको ब्याडमिन्टन कबर्ड हलको सहयोगार्थ एच.के.एन.बि.ए. (हङकङ नेप्लिज ब्याडमिन्टन एशोसीयशन) कम्मर कसेर लागि परेको छ । जसको पहलमा १३ लाख भन्दा बढी सहयोग रकम संकलन भएको छ ।

गत आइतावार जोर्डनमा एक कार्यक्रम आयोजना गरि उक्त सहयोगको बारेमा जानकारि गराईएको थियो । हालसम्म ब्यक्तिगत, संस्थागत सहयोग र च्यारिटी खेल मार्फत १३ लाख भन्दा बढी सहयोग रकम सङकलन भएको एशोसियशनका सचिव हेमराज राईले जानकारी दिए । कार्यक्रममा एशोसियशनका अध्यक्ष चित्र गुरुङ बोल्दै हाम्रो तार्गेट रकम भनेको १५ लाख सङकलन गर्ने रहेको बताउदै अपुग रकम पुरा गर्न अझ सहयोग सङकलन गरिनेछ ।

यहि आउदो अगस्ट पहिलो हप्ताभित्र उक्त सहयोग रकम हस्तान्तरण गर्ने योजनामा रहेको एशोसियशनले कुनै पनि हालतमा आफ्नो तार्गेट पुरा गर्ने प्रतिबद्धता जाहेर गरेको छ । अध्यक्ष गुरुङका अनुसार निर्माणधिन ब्याडमिन्टन कवर्डहलमा बनिने ४ कोर्ट मध्य एक कोर्टको नाम हङकङ नेपालीको नाममा रहनेछ ।

सन् २०११ बाट संगठित एच.के.एन.बिए निरन्तर यस्ता खाले सहयोगमा भाग लिदै आएको छ । त्यसै गरेर एच.के.एन.बि.ए. को उक्त अभियानलाइ सम्मान गर्दै एच.के.एन.टी.एस. (हङकङ नेप्लिज टेनिस सोसाइटी) ले पनि रु ५०,००० सहयोग गरेको छ ।

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest