पीपीएलमा दुई स्थानीय खेलाडी अनिवार्य

आगामी कात्तिक ९ गतेदेखी २० गतेसम्म हुन गइरहेको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा हरेक सहभागी टिमले दुईजना स्थानीय खेलाडी राख्नै पर्ने प्राबधान ल्याएको छ । प्रतियोगिताका लागि पोखरा रंगशालास्थित क्रिकेट मैदान मर्मत सम्भार भइरहेको छ ।

आयोजक क्वीन्स इभेन्ट प्रालिले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरि हरेक टिममा दुई स्थानीय खेलाडी रहनु पर्ने जाकारी गराएको हो । खेलाडी छनौट अक्सनमार्फत हुनेछ । नेदरल्याण्ड्स, युएई, हङकङ जस्ता बलियो देशका खेलाडीहरुले अक्सनमा सहभागिता जनाउनका लागि इच्छा देखाएको आयोजकले बताए ।

आयोजक क्वीन्स इभेन्टका प्रबन्धक निर्देशक छुम्बी लामाले बताए अनुसार प्रतियोगितामा पोखरा, काठमाण्डौ, विराटनगर, बुटवल, चितवन, धनगढी र नेपालगञ्ज गरि ६ वटा टिमले भाग लिने छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest