‘नोएर बेन्चमा रहेर टेर स्टेगनले जर्मनीको पोस्ट सम्हाल्नुपर्छ’

जर्मनीका पहिलो रोजाइका गोलरक्षकका रुपमा बायर्न म्युनिखका म्यानुएल नोएरले लामो समयदेखि आफ्नो एकक्षत्र राज जमाउँदै आएका छन् । तर जर्मनीका पूर्व कप्तान लोथार मथाउसले भने अब त्यो गोलरक्षक परिवर्तन हुनुपर्ने बताएका छन् ।

गत सिजन नोएर चोटका कारण लामो समय मैदानबाहिर रहे । त्यसका बाबजुद पनि जर्मनीको विश्वकप यात्रामा उनलाई पहिलो रोजाइका गोलरक्षकको भूमिका दिईयो । विश्वकपमा जर्मनीले बिर्सनलायक प्रदर्शन गर्दा कप्तानसमेत रहेका नोएरको प्रदर्शनमा प्रश्नचिन्ह उठेको थियो । तर विश्वकप पछि भएका मैत्रीपूर्ण खेलमा पनि नोएरले नै पोस्ट सम्हाल्दै आएका छन् ।

यता बार्सिलोनाका लागि नियमित पहिलो रोजाइमा खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेका गोलरक्षक मार्क आन्देर टेर स्टेगन भने राष्ट्रिय टोलीका लागि बिरलै खेल्ने गरेका छन् । पूर्वकप्तान मथाउसले अब स्टेगनले नै मुख्य गोलरक्षकको भूमिका निर्वाह गर्नुपर्ने माग गरेका छन् । नोएरले चोट बाट फर्केयता राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।

शनिबार भएको यूईएफए नेसन्स लिगको खेलमा जर्मनी नेदरल्यान्ड्ससँग ३-० ले पराजित हुँदा नोएरले खराब प्रदर्शन गरे । यसैकारण पनि अब स्टेगनलाई मौका दिनुपर्ने भनाइ अगाडी आएको हो । नोएरको खराब लय र स्टेगनको प्रभावशाली प्रदर्शन र युवा भएकाले जर्मनीबाट अब स्टेगनले खेल्नुपर्ने धारणा मथाउसले राखेका छन् ।

‘नोएर अहिले फर्ममा छैनन् । उनी चोटअघि जस्ता खेलाडी थिए अहिले त्यस्ता रहेनन्,’ मथाउसले भने,’ अहिले अन्तर्राष्ट्रिय फुटबल खेल्न उनी फिट गोलरक्षक हैनन् । ४ पटक उत्कृष्ट गोलरक्षक घोषित उनले आफ्नो स्तर अनुसार खेल्न सकेका छैनन् । स्टेगनले बार्सिलोनामा लगातार राम्रो प्रदर्शन गरिरहेका छन् । अब नोएर उपलब्ध हुँदा पनि स्टेगनले मौका पाउनुपर्छ ।’

जर्मनीले अब यूईएफए नेसन्स लिगको खेलमा मंगलबार फ्रान्ससँग खेल्दैछ । उक्त खेल पेरिसमा हुनेछ । जर्मनीले यस प्रतियोगितामा अहिलेसम्म पनि गोल गर्न सकेको छैन ।स्राेत : हाम्राेखेलकुद

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest