सेभिल्लालाई हराउँदै बार्सिलोना शीर्षस्थानमा उक्लियो

स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई ४-२ ले पराजित गरेको छ । यस जितसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

बार्सिलोनाले खेलको दोस्रो मिनेटमै गोल गर्दै अग्रता लिएको थियो । कप्तान लिअोनेल मेसीको पासमा फिलिप कोउटिन्होले सुरुवाती गोल गरेका थिए । १२ अौं मिनेटमा कप्तान मेसीले नै अग्रता दोब्बर पारे । उनले अर्का फरवार्ड लुइस सुअारेजको पासमा कुनै गल्ती गरेनन् । पहिलो हाफमा केहि थप अवसर सिर्जना गरेपनि बार्सिलोना अग्रता बढाउन असफल रह्यो ।

खेलको २६ औं मिनेटमा बार्सिलोनालाई ठूलो धक्का लाग्यो । फ्रान्को भाज्केज र लिओनेल मेसी बलको लागि जुध्दा लड्ने क्रममा मेसीको हातमा चोट लाग्यो । लगत्तै मेसीको स्थानमा ओस्मान डेम्बेले मैदान प्रवेश गरे । मेसीको अनुपस्थितिका बाबजुद पनि बार्सिलोनाले सेभिल्लालाई कमै मौका दिएको थियो ।

दोस्रो हाफको ६३ औं मिनेटमा लुइस सुआरेजले बार्सिलोनालाई ३-० ले अगाडी पुर्याए । गोलरक्षक टोमस भाक्लिकको गल्तीमा सुआरेजले प्राप्त पेनाल्टीलाई सहजै गोल गरे । ७९ औं मिनेटमा पाब्लो सराबियाले सेभिल्लाक लागि गोल फर्काए । इभान राकीटिचले ८८ औं मिनेटमा गोल गर्दै पुन ३ गोलको अग्रता कायम गरे । अन्तिम मिनेटमा सेभिल्लाका लुइस मुरिएलले गोल गर्दै खेल ४-२ को स्थितिमा ल्याए ।

यस जितसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । बार्सिलोनाले ९ खेलमा १८ अंक जोडेको छ । दोस्रो स्थानको अलाभेसले ९ खेलमा १७ अंक तथा तेस्रो र चौथो स्थानका सेभिल्ला र एटलेटिको म्याड्रिड समान १६ अंकमा छन् । रियल म्याड्रिड १४ अंकसहित पाँचौ स्थानमा छ ।हाम्राे खेलकुद

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest